खेलकुद सामग्रीसहित महिला खेलाडिलाई विदाई

दिपेन्द्र वान्तावा
चौदण्डीगढी/माघ ७। उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडिहरुलाई विदाई गरिएको छ ।

एक महिनासम्म बन्द प्रशिक्षणमा राखेर चौदण्डीगढी नगरपालिकाको तर्पmबाट प्रतिनिधित्व गर्दै सहभागी २३ जना महिला खेलाडिहरुलाई आज (बुधबार) आवश्यक खेलकुद सामग्रीसहित विदाई गरिएको हो ।

विदाई कार्यक्रममा खेलकुद सामग्रीहरु फुटबल, ट्रयाकशुट, जर्सी, पञ्जा लगायत आवश्यक खेल नगर प्रमुख खगेन्द्र राई, र उप प्रमुख रिताकुमारी चौधरीद्वारा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख राई र उप प्रमुख चौधरीले अनुशासनलाई ख्याल गर्दै आफ्नो खेल प्रस्तुत गर्न सुझाएका छन् । खेलाडिहरुलाई उपस्थित सबैले विजयी हासिल गरेर आउँन शुभकामना दिएका छन् ।

काठमाण्डौमा आजैबाट शुरु हुने प्रतियोगितामा चौदण्डीगढी नगरपालिका उदयपुर, विराटनगर महानगरपालिका मोरङ, वालिङ

नगरपालिका स्याङजा, चन्द्रपुर नगरपालिका रौतहट त्यस्तै विभागिए समुहमा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कूल ७ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

चौदण्डिगढी नगरपालिकाको समूहले आगामी ९ गते नेपाल पुलिस, ११, १५, १७, १९ र २१ चन्द्रपुर नगरपालिका, वालिङ्ग नगरपालिका,

विराटनगर महानगरपालिका, सशस्त्र प्रहरी र  त्रिभुवन आर्मी को समूहसंग प्रतिस्पर्धा गर्ने छ । कार्यक्रममा ७ नं. वडाध्यक्ष तेजराज तिम्सिना,

खेलकुद विकास समितिका अध्यक्ष शशिचन्द्र राइ, सचिव भाष्कर चाैधरी, सदस्य देविराज राइ, वुद्दिजीविहरू  राजेन्द्र पाैडेल, ज्ञानेन्द्र प्रधान,

विदुर राइ, एशव राइ, केशव आले, दिपक राउत, खेलकुद विकास समितिका सल्लाहाकारहरू राजेन्द्र विद्राेही, तस्विरा तामाङ, लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *