क्षत्रीय सभापति पदमा मेयर राईको उम्मेद्वारी घोषणा

बेल्टार/असोज ३ । नेपाली काँग्रेसको उदयपुर जिल्ला क्षत्र नं. १ को क्षत्रीय सभापति पदका लागि चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले आइतबार उम्मेद्वारी घोषणा गरेका छन् ।

काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने क्षत्रीय सभापति पदका लागि आफूले उम्मेदवारी दिने बताएको हो ।

मेयर राईले पार्टीलाई एकीकृत गर्दै क्षत्रमा काँग्रेसको संगठनलाई मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको उनले जानकारी दिए ।

स्थानीय पुराना नेतालेसमेत काँग्रेसको सङ्गठनलाई सबल र सक्षम बनाउन राईको उम्मेद्वारी स्वभाविक भएको बताएका छन् ।

काँग्रेस नेतृत्वलाई बलियो बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले सजिलै जित हाहिल गर्न सक्ने उनीहरुको आँकलन छ ।

महाधिवेशनकाे रन्काेले निकै राप्पिएकाे माहाेल यतिबेला बजारकाे चाेकचाेकदेखि चिया पसलसम्म नेताहरूबाट नानाथरीका कुराहरू पनि सुन्न पाइन्छ भन्छन् एक जना चिया व्यपारी ।

राेमाञ्चक कुरा त याे छ की प्रत्येक महाधिवेशनमा बेल्टार बजारका स्थानीय भाेजराज खतिवडाले उम्मेद्रवारी दिँदै आएका र विजयी पनि हुँदै पार्टी चलाएका खतिवडाले यसपटक भने उनले उम्मेद्वारी नदिइ अचानक गाइघाटका बसन्त बस्नेतकाे उम्मेद्वारी आएपछि केही नेताहरू आश्चर्यमा परेका छन् ।

बस्नेत ०७४ काे स्थानीय चुनवामा त्रियुगा नगरपालिकाकाे मेयर पदमा पराराजय भएका नेता हुन् ।  जिल्लादेखि सबै तहको सभापति पदहरुमा दुइ समूहमा विभाजित भइ चुनावी मैदानमा उत्रिसकेका छन् ।

डा. नारायण खड्का समूहका भनिएका जिल्ला तहमा प्रदेश सांसद हिमाल कार्कीले जिल्ला सभापति पदमा उम्मेदवार घोषणा गरिसकेका छन् ।

यही समूहबाट क्षत्र नं. १ (क)को सभापति पदका लागि बेलका नगरपालिकाका स्थानीय जयप्रशाद सुवेदी, त्यहीबाट नगर सभापति पदमा अशोक कार्की, चौदण्डीगढी नगर सभापति पदका लागि राजेन्द्र पौडेल, त्रियुगाबाट प्रकाश खड्काको यसअघि नै उम्मेद्वारी घोषणा भइसकेका छन् ।

संस्थापन पक्ष भनिएकाहरु वर्तमान जिल्ला सभापति विदुर बस्नेतले पुनः जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् भने क्षत्रीय सभपतिका लागि बसन्त बस्नेतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यही समूहबाट चौदण्डीगढीमा सभापति पदका लागि रामकुमार खड्काले उम्मेदवारी घोषणा गरेका छन् । त्यसाे त मेयर राइ  १३ अाैं महाधिवेशनमा नेता खतिवडासँगै पराजय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *