क्वारेन्टाईन र आईसोलेसनको बारेमा

डा. अरुण गुप्ता ,
अहिले विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणबाट हुने रोग (कोभिड–१९) सन्दर्भमा कुरा गर्दा हामीले क्वारेण्टाइ र आइसोलेसन बीचको भिन्नता बुझ्न जरूरी छ । सर्वप्रथम त यस कोरोना भाइरसलाई नोवेल कोरोना भाइरस किन भनियो भन्ने बुझौ । बास्तवमा भन्ने हो यसभन्दा पहिला सन् २००३ मा विभिन्न देशहरुमा महामारीको रुपमा फैलिएको सार्स अथवा (सिभिअर एक्यूट रेस्पाईरेटोर सिन्ड्रोम) सार्स रोगको संक्रमण पनि कोरोना भाइरस (सार्स–कोभ) ले गर्दा नै भएको हो ।

तर, अहिले आएर २०१९ मा देखिएको यो कोरोना भाइरस बिल्कुल नया प्रकारको भएकोले यसलाई नोबेल (नयाँ) कोरोना भाइरस(२०१९) भनियो । जसको बैज्ञानिक नाम सार्स कोभ–२) हो । र यस नोबेल कोरोना भाइरसको संक्रमण बाट हुने रोगलाई चाही (कोभिड–१९) अथवा कोरोना भाईरस डिसिज (कोभिड–१९) भनिन्छ । अब हामी नोवेल कोरोना भाइरसको संक्रमणको सन्दर्भमा क्वारेण्टाइन र आइसोलेसन बीचको भिन्नताबारे कुरा गरौ.

क्वारेण्टाइनः– यस नोवेल कोरोना भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने कोहि पनि अथवा उक्त भाइरसको संक्रमणसंग मिल्दो जुल्दो लक्षणहरु देखिएको व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको हुन् सक्ने अनुमान गरि अरु कुनै स्वस्थ व्यक्तिको सम्पर्कमा आउन नदिन (सम्भावित संक्रमण नसरोस भनि) छुट्टै घर कोठामा राखिने प्रक्रियालाई वारेण्टाइन भनिन्छ ।

आइसोलेसनः यदि नोवेल कोरोना भाइरस संक्रमण भएको पुष्टि नै भैसकेको अवस्थामा कोरोना भाइरस संक्रमित व्यक्तिलाई क’नै अस्पतालमा अथवा कुनै छुट्टै ठाउँमा राखी (कोभिड –१९) रोगीको को उपचार गर्न तथा संक्रमण फैलिन नदिन पूर्ण रुपमा अलग राखिने प्रक्रियालाई आइसोलेसन भनिन्छ । संक्रमित व्यक्तिको अस्पतालमा उपचार गरिने ठाउँलाई आइसोलेसन वार्ड भनिन्छ ।

हुन त सरकारले अहिले नोवेल कोरोना भाइरस संक्रमण फैलिएको कुनै पनि देशबाट नेपाल भित्रिने मानिसहरुलाई संक्रमण भएको हुन सक्ने अनुमान गरि एयरपोर्टबाटै इज्जतसाथ क्वारेण्टाइनको लागि लगेर १४ दिन सम्म क्वारेण्टाइनमा राख्नु पर्ने हो, र त्यसै बिच ति मानिसहरुको परिक्षण गराई कोरोना भाइरस संक्रमण भएको नभएको पुष्टि गर्नु पर्ने हो । यदि कोही संक्रमण भएको भेटिएमा उक्त व्यक्तिलाई आइसोलेसनमा राखी उपचार गर्नु पर्ने हो । यसरी एयरपोर्टबाटै वारेण्टाइन गर्दा अरुलाई संक्रमण फैलिने खतरा एकदम न्यून हुने थियो ।

तर, विदेशबाट मानिसहरु नेपाल भित्रेर देशको विभिन्न ठाउँमा गैइरहेको समाचारहरु आइरहेको यस्तो अबस्थामा स्थानीय तहले आ–आफ्नो बोडरमा हेल्प डेस्क राखी ट्राभल हिस्ट्री (विदेशबाट आएको) भएका मानिसहरुलाई त्यहि बाट लगेर १४ दिन सम्म क्वारेण्टाइनमा राख्नु पर्छ र ति मानिसहरुको थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि सरकारले निर्धारण गरेको अस्पताल तथा प्रयोगशालामा पठाई नोवेल कोरोना भाइरस संक्रमण भए नभएको पुष्टि गर्नु पर्छ .।

नेपाल सरकारले अथवा स्थानीय तहले नोवेल कोरोना भाइरस संक्रमण फैलिएको ठाउँको ट्राभल हिस्ट्री (विदेशबाट आएको) भएका मानिसहरुलाई सेल्फ वा होम क्वारेण्टाइन अर्थात् आफ्नै घरमा गई छुट्टै बस्नु भनेर घर जान दिनु चाही सहि हैन जस्तो लाग्छ. किन भने नेपाल जस्तो हाम्रो देशमा सबै मानिसहरुसंग छुट्टा छुट्टै बस्न र सुत्न अलग कोठा नहुन सक्छ अलग कोठा भएपनि चर्पी सहितको अलग अलग कोठा नहुन सक्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक अर्काको सम्पर्कमा नआउनु, एक अर्का संग दूरी बनाएर बस्नु नै उत्तम उपाय भएको कुरा विश्व स्वास्थ्य संगठनले बताईसकेको छ ।

तसर्थ हाम्रो गाउ घरमा कोरोना भाइरस संक्रमणको संका लागेको अथवा लक्षण देखिएको मानिसले सेल्फ वा होम क्वारेण्टाइनमा बस्नु त्यती सम्भव देखिदैन । यस्तो परिस्थितिमा हाम्रो नगरपालिकार गाउँपलिकाले सरकारी तथा गैर सरकारी सस्थाका भवनहरु (स्कुल, ब्यापार संगको भवन, धर्मशाला आदि) मा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित सबै आधारभूत सुबिधाहरु (खान, पिउने पानि, चर्पी तथा मनोरंजनको व्यवस्था आदि) उपलब्ध गरेर क्वारेण्टाइन क्षेत्र बनाई अहिले को समयमा विदेशबाट आएका जो कोहिलाई पनि वारेण्टाइन गर्न जरुरी देखिन्छ ।

साथै क्वारेण्टाइनमा ल्याइएका ति व्यक्तिह?को थ्रोट स्वाब संकलन गरि परिक्षणका प्रयोगशालामा पठाई नोवेल कोरोना भाइरस संक्रमण भए नभएको पुष्टि गर्नु पर्छ .अनि मात्र अहिले हामी घर भित्र लक्ड डाउन भएर बसेको औचित्य हुनेछ नत्र संक्रमण फैलिन कुनै समय लाग्ने छैन  साथै कोरोना भाइरसको संक्रमणबाट बच्न, अरुलाई बचाउन तथा संक्रमण फैलिन नदिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (विश्व स्वास्थ्य संगठन) ले दिएको निर्देशनहरुको पालना गर्नु हामी सबैको कर्तब्य हो .

लेखकः डा. अरुण गुप्ता, पिएचडी एसिस्टेन्ट प्रोफेसर वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *