क्याम्पस स्थान्तरण आवश्यक्ता कि, चिन्तनमा सुदामा ?

दुई क्याम्पस एक बनाउने त्यो पनि पुरानो स्थान र भवन खालीगरी अर्को नयाँ संरचनासहित नयाँ स्थानमा सार्ने भन्ने नगर प्रमुखको पन्ध्र दिने (अल्टिमेटम) सहितको निर्देशन बडो बेतुक एवं आफ्नो काम कर्तब्य र अधिकारप्रतिको अमर्यादित एवं अज्ञान्ताको नाङ्गो भाष्य उत्घाटित भयो भन्ने मेरो बुझाई रह्यो । यो असम्भव कुरो त हँुदै हो, यसले एउटा स्थापित राजनैतिक व्यवस्थालाई नै ठाडो उल्लंघन गर्दै गम्भिर प्रश्न खडा गर्छ ।

शंका उत्पन्न अवश्य गर्छ कि पुच्छरले टाउको हल्लायो ? फेरी पनि समाज कता लान खोजिन्दैछ ? के प्रादेशिक संरचनाको मूलमर्म यहीँ हो त ? मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको जुन स्प्रीटमा बग्नु पर्छ, यस्ता क्रियाकलापले बग्न दिन्छ ? एकपटक ठण्डा दिमागले सोच्ने पो हो कि ? आम नगरवासीलाई मेरो अपिल छ ।

विभिन्न कोणबाट विमर्श गर्दा समाजवादी धारा दृष्टिकोणबाट हेरौ, उत्पादनको साधनहरुमा समाजको अधिकार हुने ब्यबस्था समाजवादी व्यवस्था हो । व्यक्तिगत भावनाको सट्टा सामूहिक एकता, सेवाको भवनामा जोड, राज्यलाई अधिक महत्व राखेको भाव समाजवादी प्रवृत्ति हो । ऐतिहासिकता, भुगोल, संस्कृती, आर्थिक तथा विविधतायुक्त समाजको रुपरेखालाई सोही ढंगले सम्बोधन गर्ने प्रतिनिधि पात्र समाजवादको हिमायती हो ।

व्यक्तिगत बुझाई सोचाई र मनोवृत्ति आ–आफ्नो पाटोको धारणा हुनु अन्यथा नहोला । तर, सारमा क्याम्पस मर्ज गर्ने कुरो एकल प्रतिनिधि पात्रहरुको भावना र स्थानिय सरकारको दायरा भन्दा माथिको सरकारको क्षेत्राधिकारको विषय हो । यो अर्थमा क्याम्पस वा महाबिधालयहरु संविधानतहः केवल प्रादेशिक सरकार र संघीय सरकारको मातहत निर्णय र नियम–नियमन हुने संस्था हो ।

यो अर्थमा ज्योति जनता बहुमुखी क्याम्पस र नारद आदर्श शिक्षा क्याम्पसको रुपरेखा विध्वंसपारी तोड्मोडगरी काम चालाउ आकार दिने कल्पना गर्दै, तल्लो तहको सरकारले हस्तक्षेप गर्ने धृष्टता गर्नु बोयलगाडामा अमेरिका पुग्नु जतिकै अस्वभाविक तथा ‘अर्थ न बर्थ गोबिन्द गाई’ जस्तै अर्थहीन छ । आ–आफ्नो ऐतिहासिकतासहितको भूगोल आ–आफ्नो गौरव र विषम परिस्थितीको भोगाई छ । यी संस्थाहरुको । समाजवादी सुरमा के यस्ता चरित्रले संगित भर्न सक्छ त ? खड्किने बिषय यहाम्नेर छ ।

विश्व जगतको बिकास र यसको राज्य व्यवस्था अन्तर्गतका बिभिन्न मोडेल अनुसारको पछिल्लो राज्य संचालनका मेडेल अनुरुपको शिक्षा ग्रहण गर्दै हाम्रो मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रलाई स्वीकार गरेर संघात्मक प्रणालीको अभ्यासमा छ । कार्यान्वयनको चरण प्रबेश गरिसकेको व्यहोरालाई सरसर्ती केलाउँने र बुझ्ने हो, भने केन्द्रीकृत शासनलाई बिकेन्द्रीतगरी स–सना एकाई निर्माणगरी पूर्ण अधिकार सम्पन्न गराउने नै यसको मन्त्र हो ।

त्यसैले आजका एकाई प्रधिनिती पात्रहरुले नबुझ्नु वा बुझेर बुझ पचाउँनु मतदाताहरुको छातीमा दाल पिसेर खानु सरह हो । यसर्थ यथार्थमा जुन चीज जे अस्तित्वमा छ, चाहे त्यो सानो मिहिन किन नहोस् तिनको राज्यले झनै संरक्षण र प्रवद्र्धन गर्नु पर्दछ ।
सामान्यतया बिकासको नियम शुन्य वा अपूर्ण चीजलाई भरिभराउ र पूर्ण रुप दिनु भन्ने हो, वा मानवको पूर्ववत असन्तुष्टिलाई वर्तमानले सन्तुष्ट बनाउने आकांक्षा हो । जो सम्भवै सम्भवको सोँचले जन्म गराएको हुन्छ ।

जुन आकांक्षाको केन्द्र जनप्रतिनिधि नै हुन्छ । अर्थात जनप्रतिनिधिप्रतिको आशा र भरोसा स–सनालाई अधिकार सम्पन्न गराउने, बिस्तरैबिस्तारै ठूलो बनाउँन भूमिका गर्दै लगेर निर्णयार्थ कार्यान्वयन गराउने उनको जिम्मेदारी र दायित्व हुन्छ । क्याम्पस मर्ज गराउने विषय बिषम परिस्थितीमा आवश्यक हुन सक्ला, तर यथार्थ र वर्तमान परिपेक्षमा किन कसरी आवश्यक पर्न गयो, भन्ने तर्क र कुतर्कको घनिभूत भेट खान जरुरी ठान्दछु ।

अन्यथा एउटा अधिनायक चिन्तनवादी प्रतिनिधि एक व्यक्ति पात्रको हलुको अभिव्यक्तिले समग्र प्रतिनिधि दस्ताको अकर्मन्यताको नजीर प्रष्टिन जान्छ । अपितु मार्कशले प्रष्ट रुपमा परिकल्पना गर्नुहँुदै भन्नु भए जस्तो साम्यवाद भनेको ‘रामाराज्य चरित्र हो’ यै मार्कशवादी चिन्तनको भारी बोकेर सो यात्रा तय गर्न खोज्ने चेष्टा यदी हाम्रो नगरप्रमुखको हो, भने गन्ति सुरु भएको हुनसक्छ । संसार फेल खाइसकेको साम्यवादी चरित्रले प्रमुखको पद आउने दिनमा समेत पहाड बोक्नु जतिकै भारी भएर जाने निश्चित छ । इतिहासले गिज्याईरहनेछ ।

ऐतिहासिकताको आँखिझ्यालबाट हेर्दा, यी दुई क्याम्पसहरुको स्थापना र संस्थापकहरुको पृष्टभूमी, त्याग र समर्पणको भावलाई सतहीबाट मात्र होइन गहिराईमा डुबेर एक पटक आँखा चिम्लेर मनन गर्नु पर्दछ । त्यतीमात्र होइन, ती महान पिढिका विरासत थामेका पछिका केश फुलाउनेगरी योग्य योगदान गरेका पिढिदरहरुका चुचुरो कर्महरुको सजिल्यै अवमुल्यांण गर्ने चेष्टा केवल यो पिढीको प्रतिनिधि पात्रद्वारा हामी आम युवा पिढीको लागि नरपिसाच सरह तक्मा भिर्नु हो । अर्थतह हामी असक्षम विवेकहीन जन्तु कहलिनु हो ।

ज्योती क्याम्पसको बारेमा इतिहासको तत्यसंग म त्यति सारो परिचित छुइन, तरैपनि कुनै न कुनै चीजको जन्म गर्भबाटै हुन्छ भन्ने सत्यसंग म नजिक छु । यसर्थ ज्योति क्याम्पसको गर्भ नै एतिहासको दस्ताबेज हो । ऐतिहासिक दस्ताबेज न कहिल्यै बिलाएर जान्छ न कहिल्यै मर्छ नै, यदी नामेट कसैले गर्न खोज्छ भने त्यो जंगबहादुरको अर्को रुप सिवाय केहि होइन जस्को अन्त्य शुखद् हुनै सक्दैन ।

नारद आदर्श क्याम्पसको सन्दर्भमा म अलिक परिचित छु । कारण मैले नीवनको चालिसौं उत्तारार्धहरु औपचारिक र अनौपचारिक कर्मले व्यतित् गरेकोछु । औपचारिक अध्यायनको पहिलो दिनदेखि उच्च शिक्षा लिने क्रमसंगै नेतृत्व जिम्मेवारीको काँधसम्म पिल्साउन भ्याउँदा म यस क्याम्पसको विद्यार्थी र व्यवस्थापकीय जिम्मेदारीको हिसाबले चुला भित्रकै परिवारको एक सदस्य हुँ भन्दा फरक नपर्ला यसर्थ म इतिहास र पृष्ठभूमिको चिरफार मज्जाले गर्न सक्छु । यसो भनिरहन्दा घमण्डको रुप कदापी हुनै सक्दैन ।

नारद आदर्श शिक्षा क्याम्पसको सन्दर्भ सामग्रीलाई पस्किदै गर्दा यहाँ एउटा सात्क्षात देउताको नाम र काम मानसपटलबाटै जागृत भएर आउछ । जो सताब्दीसताब्दी विर्सने दुस्साहस गर्न सकिन्दैन । तर, त्यस्ता महापुरुश हाम्रो मामुली क्याम्पससंग मात्र जोडेर सिमित भइरहदासमेत हामी अझै त्यो साखलाई पनि विकृत गराउन खोज्नु हाम्रो नियत र अज्ञान्ताको परिचय त दिइराखेका छैनौ ? कुरो सोँचनीय छ ।

आजको सूवर्ण युग प्राप्तिको इतिहास हिजोका ती कहाली लाग्दो बन्ध्याकरण देश नेपालको कालो पर्दा उघार्ने एक तत्कालिन क्रान्तिवीर नारदमुनी थुलुङहरु जस्ताको त्याग, तपस्या र समर्पण र मजबुरीले आर्जेको नजीर इतिहास बचाउनु पर्छ कि पर्दैन ? विषय यो नै प्रमुख हो । राज्यले सानो रुपमा जसरी उहाँलाई खुम्चाउन उद्धत छ के यहीँ क्रमभित्रको साठ–गाठ हुँदै क्रमागत आउँदै त छैन ? आसंका र सन्देह आम नगरबासीमा सन्दर्भ बनेर आउनु अहिले स्वभाबिक हुन आउँछ ।

एउटा क्याम्पसको नाममा रहेको सानो इतिहासको अभिलेखलाई समेत संरक्षण गर्नु पर्ने दायित्व बोकेको नगर संस्थाको प्रमुखले नै नामेट गर्ने दुष्साहसलाई सकुनी चालसंग दाँजेर सजिलै बुझ्न सकिन्छ । जो इतिहासले गिज्याईरहनेछ ।
इतिहासको मूल्य कति हुन्छ हामीले हाम्रो नगरको नामाङ्करण गर्ने सवाललाई सहज रुपमा इतिहासको खोजि गरेरै चौदण्डीगडी नगरपालिका राख्यौं ।

जुन इतिहासप्रतिको साझा धारणा र गौरव अनि शान थियो । के कुनै इतिहास आफनो अनुकुलमा काखा र प्रतिकुलमा पाखा गरिने हुन्छ ? यदी हुनै सक्दैन भने किन यस्तो दुश्साहस गरिन्छ हरेक युवा पिंढिले अबको दिनलाई सोच्ने कि नसोच्ने प्रश्न र उत्तर आफै पट्टी फर्केकोछ ।
व्यवहारिक पाटोलाई केलाउदा सम्भबतहः आज भन्दा दश बर्ष अघि यो विषय उठान भएको थियो । यो सेरोफेरो भौगोलिक वृत्तको दूरीगत इगोले संभव कायम हुन सकेन सायद कारण त्यसभित्र एउटा मनोवृत्तिले डेरा जामायो ।

आफू आफूहरु भित्रको सोँच मनोवैज्ञानिक तरंगले ठाउँ पायो कि हाम्रो पक्षको भौगोलिक र ऐतिहासिक बिरासत भोलि अस्तित्वमा पो नरहला की ? यस्ता यावत चिजहरुले प्रभाब पा¥यो । अन्त तः त्यसै बखत यो शिर्षक बन्द भयो । अब अहिले म नै राजा हुँ रजाई गर्ने पालो मेरो हो । मैले जे गर्दा हुन्छ । जस्ता निरंकुशता बल्झाउन खोज्ने प्रयास जुन तहबाट गरिन्दैछ मलाई लाग्छ केही भित्री तत्वहरुसंगको रसायनले काम गरिराखेकोछ ।

सामाजिक विज्ञान अक्सर समाजको विज्ञान हो । यसको संरचना सामाजिक प्रकृया र सामाजिक सोँचको विज्ञानको रुपमा बुझिन्छ । सामाजिक विज्ञानले सामाजिक जीवनका चार आयामहरुलाई प्रभावित गर्छ । सामाजिक, आर्थिक, आध्यात्मिक र राजनैतिक तीन आयामका रुपरेखा बाहेक आम मानिसलाई रजनैतिक बिषयमा बितृष्णाको, घृणाको, तिरस्कारको सोच पलाउनुको मुख्य जड नै यस्ता घटिया नेतृत्वको प्रवृत्ति कारक छ । देशमा नयाँ व्यवस्था आएको तर त्यस व्यवस्थाले निर्धारण गरेको मान्यता भन्दा बाहिर गएर हुकुमी तोप पड्काउने शैली प्रति हामीले सधै तिरस्कारको विगूल फुक्न सक्नु पर्दछ ।

यो युवाको काँधलेमात्र बोक्न सक्दछ । तर, यहाँ केहीँ युवा साथिहरु आपूm मगमग सुगन्धित हुने महत्वकांक्षा बोकेर आपूmलाई गुलियो बस्तु हुँ भन्ने देखाउँन घरी जंगलमा भालुसंग मित लाउन खोज्ने घरी स्यालको भान्जा कुकुर हुन खोज्ने फोहोरी प्रवृत्तिले चाकडीबाजको दूव्र्यसनिलाई प्रसय दिन्छ । पिढिदरले यसको शिक्षा लिन सक्ने देखिन्छ । जुन बान्ता आउने खाल्को छ ।

केही युवा पिंढी जो भुगोलमा बस्दैनन् समाजको जिम्मेदारी बहन गर्दैनन् तिनिहरुमध्ये एक थरी सुन्दरी शहरको घुम्टो भित्र बस्छ । तर अघि नै गाउँ समाजको यथार्थ बस्तु स्थिती चित्रण गरिहाल्छ । अर्को थरी जो सात समुन्द्रपारी केवल अफ्नो भविश्यको पहाड उठाउँन गएका छन् उ अनिधो बसेर भए पनि गाउँकोले भन्दा पहिले समाज समुदाय सरकारको कुरो छिटो सुन्छ बुझ्छ, र न्यायधिस बनिहाल्छ । हामी युवाको स्थिती यो छ ।

हुन त चासोको विषय हुन्छ नै, गर्नुपर्छ । तर बलेको आगो तापे झैं जो उक्लियो उही मेरो मामा हो, टाइपको लेप्पासी गर्ने, गहना लगाइदिने भन्नै पर्दा चल्तिफिर्तीसंग सामिप्यमा बस्न चाहाने सामाजिक काम र योगदान गरेकाहरुलाई बेवास्ता गरिहाल्ने हाम्रो प्रवृत्ति जो युवाहरुमा छ । अत्यन्तै छोटो सोँच र चिन्तनमा सुदामा भएको जस्तो महसुस हुन्छ । हरेक विषयको समस्यासँगै समाधनको पाटो हुन्छ ।

हरेक विषय उठानको बैठान हुन्छ । तर, लहैलहैको भरमा विषयको तथ्य नजिक नपुगी अध्यायन र चिन्तन नै नगरी कसैको बचाउँ गर्ने या देवतकरण गर्ने शीपले कुनै पनि युवाको बौद्धिक्ता दरिन्दैन । ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न सक्ने औकात बनाउन जबसम्म सक्दैनौ हामी कहिल्यै निर्णायक व्यक्तित्व बन्न सक्दैनौ त्यसैले हामीले निर्णायक बन्न अनुकुलतालाई बिचारेर कसैले गर्ने नकारात्मक कार्यप्रति जिब्रो टोकेर चुपचाप बस्ने अनि कसैको अशल काममा आफ्नो प्रतिकुल महसुशगरी चुपचाप निगुर्मुन्टो बस्ने मौसमी आचरणलाई चटक्कै छोडेर गाउँ समाज अनि राष्ट्र निर्माणमा साझा धारणा साझा मनहरुको बस्ती बसाल्दै समदुरी कायम गर्नु पर्दछ भन्ने लाग्दछ ।

समदुरीको भावना जाग्रुत गराउन बरु भुमिका खेलौ, वातावरण सृजना गरौ, आपूm संलग्न पार्टी र दलका संगठन र नेताले बिराएका काम कर्तव्यप्रति पनि प्रतिवाद गर्ने साहस् गरौ । अन्तरपार्टी र नेताका राम्रा पक्षको पनि सम्मान गर्ने बानीको बिकास गरौ । अनि मात्र सामाजिक न्याय र समाजबादी आन्दोलनको रेखाहरु कोरिन थाल्छ, तब लोकतन्त्रले पनि मगमग बास्ना छर्न थाल्छ अन्ततह सुन्दर शान्त नेपालको जग बलियो बन्छ र मात्र भन्न सक्छौ जय नेपाल, जय मातृभुमी, लाल सलाम र जय देश ।

फेरी क्याम्पसकै बिषयमा आइरहदा दुई क्याम्पस एक बनाउने बिषय त्यस सन्दर्भमा ठिक हुन सक्दछ, जब दुवै क्याम्पसको शिक्षण विधि तथा उत्पादन गुणस्तरहीन र परिणाममुखि छैन । विद्यार्थीको संख्या न्यून छ । भौतिक संरचनाको कमी र प¥याप्त जग्गाको आवश्यक्ताछ । यस्तो अवस्थामा भने एउटा कुरो हुन सक्दछ । तर, मैले देख्दा र बुझ्दा यी चीजहरु पक्कै पनि त्यस भित्र कमी छैनन् ।

बरु यिनै क्याम्पस र यिनै मातहतका उच्च माविबाट बिगततमा र बर्तमानमा पनि अध्ययनगरी तिनै केही उत्पाददित विद्यार्थीहरु डिग्री गरेर यही अध्यापन गरिरहेका छन् । यो खुशिको कुरो मात्रै होइन, गौरवको कुरो पनि हो । विद्यार्थी संख्यामा केही कमी भए पनि निराशा जनक स्थिती पनि छैन । भौतिक पूर्वाधार र अप¥याप्त जग्गाको अवस्थालाई सबैले देखेकैछौ ।

करोडौं लगानीमा भुकम्प प्रतिरोध आरसिसी भवन भारतद्वारा सहयोगार्थ बनाईदिएकै छ। बिघौ जग्गा छदैछ । होला केही आर्थिक भार यसलाई सरकारले केही मितब्यायिताको सिद्धान्तको आधारमा समायोजन गर्दै जानु पर्दछ । आखिर आर्थिक भार केही प्राध्यापक उपप्राध्यापकहरुको (पार्ट टाइमर व्यसिक) घण्टी सिस्टमको तलबमा नै हो, भन्ने मलाई लाग्छ । तर, यो प्राध्यापक उपप्राध्यापकको रहरको विषय होइन, बिधार्थीको अध्यायनको लागि आवश्यक्ताको विषय हो ।

यस्तो परिस्थितीमा स्थानीय सरकारले सायद २०/३० लाख जति हुन आउने रकम केवल बार्षिक अनुदानको रुपमा खर्च गर्दा स्थानिय सरकारको भूमिकाले योग्य शिक्षकहरुको रोजगारले राज्यलाई नै बेरोजगारी भारको चुनौतीलाई आंसिक रुपमा कटौती हुने सूचकांकसमेत निर्माण भइ देशको समग्र सैक्षिक पाटोलाई नै केही न केहि टेवा पुग्न जान्छ, भने अर्कोतिर शिक्षकको उच्च मनोबलले विद्यार्थीमा उत्प्रेरणाको वातावरण सृजना भइ यावस्थापकीय पाटोलाई हलुको र तनाब रहित हुन गइ शिक्षण विधि नै गतिशील हुन जान्छ भन्ने लाग्दछ ।

अन्तमा यदी हामीहरु जस्तो प्रतिनिधि नचुनीयकाहरुको पनि सुझाब र सल्लाहको औकात त्यस नगर र आम नगरबासीवासीमा अट्न सक्छ भने सबैलाई उचित हुने उपाय र निष्कर्षमा लागौ । त्यो भनेको दुई क्याम्पसमा संचालित एउटै संकायको सम्बन्धनलाई खारेजगरी फरकफरक शंकाय अध्यायनको सम्बन्धन लिने र सोही अनुरुप सञ्चालन गर्ने यसलाई नै भनिन्छ, ‘लौरो पनि नभाँचिने सर्प पनि ठाउँको ठाउँ मर्ने’ अन्यथा लेकिन् किन्तु चिन्तु् परन्तु्को रसमा क्याम्पस स्थान्तरण र मर्जको सन्दर्भमा सञ्चालक समितिका कोही सदस्य ज्यूहरुले चुर्लुम्म मुख डुबाएछन् ।

यदी त्यसो हो, भने मेरो भन्नु केहि छैन ।  तर, मेरो हकमा बरु हात काटिन्छ हस्ताक्षर गर्ने छुइन । एक छुइन, दुई छुइन, तिन छुइन । धन्यबाद ।
–राई मनिस ब्रो
सञ्चालक समिती सदस्य
नारद आदर्श शिक्षा क्याम्पस
बसाहा–उदयपुर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *