किराया उदयपुर जिल्ला अध्यक्ष राईको निधन

बेल्टार/ असार २०। किरात राई यायोक्खा उदयपुर जिल्ला अध्यक्ष बलधन  राईको आज ( सोमबार ) बिहान निधन भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ समावेसी लाइन निवासी ४७ वर्षीय राईको (टाईफाईट) का कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केहिदिन्देखी सामान्य ज्वरो आउन थाले पछि उनलाई आजै  धरान घोपा  क्याम्प थप उओअचारको लागि लगिएको थियो । तर उनको उपचारकै क्रम्मा   निधन भएको  जनाइएको छ ।  उनको हिजो आईतवार कोरोना एन्टिजेन्ट परिक्षण पनि गरिएको थियो । उनको रिपोर्ट  नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ । राई नेपाल आदिवासी जनजाती महासंघका जिल्ला उपाध्यक्षसमेत थिए । राईको श्रीमती एक छोरा र दुई छोरी छन । राईको दु:खद निधनले जिल्लावासिलाई अपुर्निय क्षेती पुगेको समाजसेवी भुपेन्द्र राईले बताए । राईको निधनप्रति हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *