किराती संस्कार, संस्कृति की विकृति ।
राजेन्द्र दुष्ट,
नेपाल एक बहु धार्मिक बहु सांस्कृतिक, बहु भाषिक, बहु सांस्कृतिक मुलुक हो । सबै जातजातिको आ–आफ्नै संस्कार संस्कृतिहरु छन् ।
मनाउँने तवरतरिकाहरु पनि फरक फरक शैलिका रहेका छन् । यहाँ कसैले च्याव्रुङ, पालाम, साकेला नाच्छन् त कसैले हुर्रे, सेलो, लाखे
नाच्दछन् । त्यो पनि बेला समयमा परेको तिथिमा । तर, आज भोली त यो संस्कार संस्कृतिमा विकृति आएको अनुभूति भएको छ । त्यै पनि
विकृति हो या हली मानसिक्ताले हो, बुझ्नै कठिनाई भएको छ । यो प्रवृति त बढी किरात राई समुदायमा मौलाएको छ । कहिलेकाही कुनै
दलको नेता आउँनु हुँदैन ठूला भनाउँदा नेता आउँनसाथ ढोलझ्याम्टा निकालेर के पाउँनु छ न के पाउँनु छ जतिकै गरेर उफ्रियो पाफ्रियो केही
बुझेको भए त मरी जाउँ । यो हाम्रो संस्कार भैm भइसक्यो । यो प्रवृत्ति राम्रो होइन, भएन भन्ने विचार राख्न लागेको छु ।
हाम्रो संस्कार संस्कृति पर्वहरु मान्ने त एउटा विशेष तिथि मिति हुन्छन् । संस्कार संस्कृति पुज्नलाई चाही तिथिमिति चाहिने तर अरुको गुलाम
बन्नलाई कुनै तिथिमिति नै नचाहिने जतिखेरपनि बजाई हाल्ने नाचिहाल्नु पर्ने यो कुन संस्कार भित्र पर्छ ? त्यसैले हाम्रो पनि पर्व मनाउँनलाई
एउटा विशेष दिन हुन्छ र त्यसको महत्व पनि बेग्लै प्रकारको रहेको छ । त्यो पूर्खौली विशेषता र महत्वलाई बुझ्न चेतना प्राप्त समुदायका
अगुवाहरुलाई जरुरी पनि छ । हुन त मुलुकनै विविध जातजातिले हरावरा भएको मुलुकमा पश्चिमी क्षत्रमा गुरुङ, मगर, तामाङ जातीको बढी
बसोवास रहेको छ । पूर्वतिर राई, लिम्बु, जातिको बढी बसोवास भएको पाईन्छ । उत्तरी क्षत्रमा शेर्पा, थकाली र दक्षिणी भेगतिर आदिववासी
थारु र मधेसी समुदायको बसोवास रहेको छ । मुलुकमा भएको १० वर्षे जन युद्ध, आदिवासी जनजाति, थारुहरु लगायतको आन्दोलन र
०६२/०६३ को संयुक्त जनआन्दोलनको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको नागरिक भएका छौं । मुलुकमा भएको
विविधखाले परिवर्तनहरुसंगै ०७५ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचन भएको पनि तीन वर्ष भएको छ । तर प्रतिनिधिसभाको
समयसिमा ५ वर्षे अवधि नपुग्दै प्रधानमन्त्री खड्गप्रशाद शर्मा ओलीले पुस ५ गते विघटन गरिसकेको अवस्था छ । यो अवस्थामा केपी ओली
प्रधानमन्त्री भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । यो विभातिसंगै दुवै समूले जुहारी खेले भैm केन्द्र,
प्रदेश र स्थानीय तहमा अगुवा कार्यकर्ता भेलाको नाममा आरोप प्रत्यारोप लगाउँदै नारा जुलुस लगाउँदै हिडेका छन् । यो उनीहरुको
राजनीतिक विषय हो । तर आदीवासी जनजाति कुरा नबुझेर उनीहरुको कुरामा लपक्कै भएर अन्धोभक्त भएर एकोहोरो लागेका छौं ।
हुँदाहुँदा हाम्रो संस्कार संस्कृतिलाईसमेत प्रयोग गर्न तछाडमछाड गर्न थालिको छ । किराती समुदायको ढाले झ्याम्टा निकाल्ने बजाउने पनि
एउटा समय हुन्छ । त्यो हो सोकेला÷साकेन्वाको उधौली मंसिरे पूर्णिमा र बैशाखे पूर्णिमा उभौलीमा मात्र पितृ तीन चुला नागछोङ पुजारीद्वारा
पुजा गरेपछि छुन बजाउँन मिल्छ त्यो पनि १५ दिनको लागि मात्र सकिने समयमा त्यसैगरी विदावारी गरी थन्क्याईन्छ । तर, अहिले विभिन्न
राजनीतिक दलको नेतालाई स्वागत गर्न र उनीहरुको नारा जुलुसमा उफ्रिएर ढोल झ्याम्टा ठटाएर हाम्रो लागि केही हुँदैन । रातदिनको संघर्ष
र कतिपयको बलिदानीले पाएको उपलब्ध अधिकारहरु त बन्द गराउँने अवस्थामा पुगेका छन नेतृत्वहरु भने उनीहरुको कार्यक्रममा हामीले
खुशीयाली मनाउनको लागि मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न हुन्न भन्ने मेरो आग्रह हो । यी कुन चाही दलले तपाई हाम्रो मुद्धामा गम्भिर
भएर लागेका छन् । लुटिएका अधिकारहरु देउ न देउ भन्दै बारम्वार मागी राख्नु पर्ने अवस्था छ । अनि तपाई हामी भने उनीहरुको गुलामी
बन्न तयार रहेका छौं । यो गुलामी मासिक्ता भन्दा माथि उठेमा मात्र भावि पुस्ताले दुःख पाउने छैनन् । नत्र हाम्रो पुस्ताले पनि मागी नै राख्नु
पर्ने हाम्रो पछिको पुस्ताले पनि मागी नै रहने हो भने कहिले स्वसंस्कारीलो हुने ? स्वभिमानी हाम्रो पुर्खाहरुले यतिसम्म आर्जे र नासोको रुपमा
छोडेको संस्कारलाई कुसंस्कारमा नमिसाउनको लागि मेरो अनुरोध हो । गत २३ गते खोटाङको जन्तेढुंगा गाउँपालिकाको केन्द्र बजार
चिसापानीमा ओली समूहको नाराजुलुसमा ढोल झ्याम्टासहित निस्केको ¥यालीले गम्भिर बनाएको छ । त्यो कसैको उक्साहटमा गरियो या
सोझासिधा किरातीहरुलाई केही विषयमा प्रलोभनमा पारेर त्यो संस्कार विपरित कार्य गरियो ? मेरो प्रश्न रहेको छ । यो युग भनेको २१ औ युग
हो र यो युग भनेको चेतनाको युग हो । कसैको डर त्रास धाक धम्कीको भरमा आफ्नो संस्कारलाई मनपरी मनोरञ्जनको रुपमा प्रयोग नगरौं ।
यति कुरा बुझ्न जरुरी छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टीका पुष्प कमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा
ओली, बाबुराम भट्टराई, उपेन्द्र यादवलाई किरातीको ढोलझ्याम्टाले स्वागत गर्दा किराती समुदायमा समृद्ध छाउँछ त ? छाउँदैन, सामान्य
अधिकार त दिन हिच्किचाउँनेहरुसंग यति ठूलो आशा नराखौं, अरुलाई खुशी बनाउँने लहडमा आफ्नो संस्कुकार, संस्कृति तथा कुल पित्रलाई विगारेर अपांग बन्ने कोसिस नगरौं । सबैमा चेतना रहोस् ।
–आलाङने सेवा