कालोपत्रे सडकको शिल्यान्यास

बेल्टार/बैशाख ११। चौदण्डीगढी नगरपालिका वडा नंं. २ झोडापाटा स्थित ग्रामिन सडकको स्तरोन्नती (कालोपत्रे) हुने भएको छ ।

कालोपत्रे सडकको नगर प्रमुख खगेन्द्र राईले आज (शनिबार) विहान शिलान्यास गरेका हुन् । नगरपालिकाको योजनाहरु शहरबाट गाउँ,टोल र बस्तिहरुमा प्रवेश गरेको नगर प्रमुख राईले बताएका छन् ।

विद्यालय, खानेपानी, स्वास्थ्य जन्ता आधारभूत विषयहरु स्थानीय सरकारले पुरा गर्दै आएकोले अब सबै वडाहरुको वस्तिहरुमा जुन विषयको आवश्यक्ता छ, त्यो तुरुन्तै समाधानको पाटो खोज्नेतिर लाग्ने नगर प्रमुख राईले बताए ।

प्रदेश सरकार र नगरपालिकाको समपुरक कोष अन्तर्गतको कूल बजेट ५१ लख ३८ हजार ६ सय ९८ रुपैयमा निर्माण कार्य शुरु भएको हो ।

मदन भण्डारी लोकमार्गसंग जोडेर तल केचुवा चोकसम्म निर्माण गरिने सडकको १४ सय मिटर लम्वाई र ६ मिटर चौडाईमा निर्माण हुने निर्माण कम्पनीका सञ्चालक वीरु राईले जानकारी दिए ।

सो सडकको निर्माण भने स्थानीय चर्चित निर्माण कम्पनी “चौदण्डीगढी निर्माण कम्पनी प्रालि बसाहा”ले जिम्मा लिएको हो । ०७७ चैत्र १८ गते निर्माण कम्पनीले सम्झौता गरेको सडकको आगामी असार १० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

शिलान्यास कार्यक्रमा नगरकार्यपालिकाकी सदस्य मनु कार्की, वडा सदस्यहरु धनबहादुर बस्नेत, प्रलाद कटवाल, टिकाकुमारी विक, स्थानीय

समाजसेवीहरु प्रदिप केसी, बावुराम कार्की, मिना काफ्ले, जीतमान राई, शिक्षक राजकुमार राई, भिष्म राई लगायतको उपस्थिती रहेको थियो ।

कार्यपालिका सदस्य कार्कीको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सभापति वडासदस्य बस्नेतको रहेको थियाृे भने सञ्चालन दिपेन्द्र वान्तावाको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *