कारोना संक्रमणबाट कार्यालय प्रमुखसहति तीन जनाको निधन

बेल्टार/वैशाख २८। कोरोना संक्रमणबाट एक सरकारी कार्यालयका प्रमुखसहति तीन जनको निधन भएको छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुखसहति अन्य तीन जनाको आज (मंगलबार) निधन भएको हो ।

५४, ४५ वर्षीय दुई पुरुष र ५० वर्षीया एक महिलाको निधन भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईका अनुसार संक्रमण भइ काठमाण्डौको टिचिङ अस्पतालमा उपचाररत कार्यालय प्रमुखको सोमबार निधन भएको बताएका छन् ।

मृतक सिराहा निवासी थिए भने उनलाई कार्यालयबाटै संक्रमित भएका थिए ।

अन्य निधन हुनेहरुमा त्रियुगा नगरपालिका–८ का ५४ वर्षीय पुरुष र त्रिनपा– ५ की ५० वर्षिया महिलाको उपचारको क्रममा निधन भएको बताइएको छ ।

४५ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । संक्रमण बाट थप ३ जनाले ज्यान गुमाए सँगै उदयपुरमा कुल मृतकको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *