कांग्रेसको भाेलि मुलुकभर प्रदर्शन

बेल्टार/पुुस २४। संसद विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि मुलुकभर प्रदर्शन गर्दैछ । पार्टीको गत १९ गते बसेको केन्द्रीयकार्य समितिको निर्णयअनुसार शनिबार मुलुकभर प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध एकैसाथ प्रदर्शन गर्न लागिएको जनाएको छ ।

जसअनुसार कांग्रेसले शनिबार देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसले ठहर गरको छ ।

पार्टीकोे निर्देशन अनुसार चौदण्डीगढीको तरुण दलले आज प्रचारप्रशारलाई तिव्रता दिएको छ ।

उदयपुर जिल्ला क्षत्र नं. १ ‘क’ अन्तर्गत भोलि बेलकाको रामपुर बजारमा विहान ११ बजेदेखि कार्यक्रमको आयोजना गरिएको चौदण्डीगढी तरुण दलका संयोजक सन्तोष राईले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *