करेन्ट लागेर निधन

बेल्टार/असार १२। उदयपुरको लिम्चुङबुङमा विद्युतीय करेन्ट लागेर एक जनाको निधन भएको छ ।

निधन हुनेमा ताप्लि गाउँपालिका वडा नं. २ घर भइ लिम्चुङबुङ गापा –३ ससुराली बस्दै अाएका  २५ वर्षीय उमेश परियारको शुक्रबार करेन्ट लागेर निधन भएको हो ।

साेही गाउँकाे दाेबाटे स्थित भैसी गोठालो गएको समयमा  विद्युतीय पोल चढ्नेक्रममा अचानक करेन्ट लागी उनको घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *