एमाले बेलका नगर सदस्य जयरित  काङ्ग्रेस प्रवेश

बेलका/कार्तिक २९। नेकपा एमाले बेलका नगर सदस्य जयरित विश्वकर्मा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन ।

उदयपुरको बेलका नगरपालिका-३ रातापानी स्थित मंगलबार लोकतान्त्रिक- वाम गठबन्धनद्वारा आयोजित चुनावीसभामा प्रवेश गरेका हुन ।

उनी ४० वर्षदेखी एमालेको निष्ठावान कार्यकर्तारुपमा काम गर्दैआएका विश्वकर्मा  राकस्नी आधारभूत विद्यालय बेलका-४ का शिक्षक पनि हुन ।

सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार राजन किराँती “वासु” ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले सत्तामा पुग्ने माध्यम एक भर्‍याङको रुपमामात्र प्रयोग गरेको बताए ।

तर माओवादिले सत्तामा त पुर्‍यायो उसले राजा नै ठानेर मुलुकको संविधान नै खारेज गर्न लाग्यो त्यसैले अहिले ओलिलाई ठेगान लगाउन कांग्रेससँग पाँच दलीय पवित्र गठबन्धन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *