एमाले पार्टी अब राजावादी पार्टी भयो: नेता चौधरी

बेलका/कार्तिक  २७। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा १ नं. प्रदेशका अध्यक्ष बलदेव चौधरीले एमाले पार्टी यो निर्वाचनदेखि राजावादी पार्टी भएको बताएका छन ।

लोकतान्त्रिक-वाम गठबन्धनद्वारा आईतवार उदयपुरको बेलका नगरपालिका- ५ स्थित शिखरमाडीमा आयोजित कार्यक्रममा नेता चौधरीले सो कुरा बताएका हुन ।

नेता चौधरिले पटकपटक संविधान विघटन गर्ने एमालेलाई मतदान गर्नुको कुनै अर्थ नभएको पनि बताए ।

यसपटकको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी एमालेलाई पत्तासाप गर्न मतदाताहरुलाई आग्रह गरे ।
उनले भने, “एमालेले वृद्ध भताको नाममा भजाएर ब्याज खान खोजि रहेको उनको आरोप थियो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएर भ्रष्टाचारको अखडा बनाई रहेको उनको भनाई थियो ।

दुइतिहाईको सरकारले राम्रो काम गर्छ भनेको त संविधान नै खारेज गर्न लागेकोले मुलुकको बेथिति रोक्न गठबन्धन  भएको बताए ।

यो देशको विकास निर्माणमा हाम्रो पवित्र गठबन्धनले तीव्रता लिने पनि नेता चौधरीले बताए ।

नेता चौधरीले शिक्षा, स्वास्थ, रोजगार र कृषिमा बढी गठबन्धनको सरकारले यी चारवटा विषयमा ध्यान दिन जरुरी भएको बताए ।

कार्यक्रममा उम्मेदवारद्वय डा. नारायण खड्का र राजन किरातीले लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराई दिन आग्रह गरे ।

डा. खडका प्रतिनिधिसभा र किराती प्रदेशसभा तर्फका उम्मेदवार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *