एमालेभित्रकै असन्तुष्टि र सत्तागठबन्धनको शक्तिले खतिवडासहजै जितनिकाल्ने दाउमा

उदयपुर/मंसिर १ । आसन्नप्रतिनिधि र प्रदेश सभानिर्वाचनमाउदयपुर क्षेत्र नं. २ माप्रतिनिधि सभानिर्वाचनमा नेकपाएकीकृत समाजवादीपार्टीका उपमहासचिवतथाप्रचार विभागप्रमुखजगनाथखतिवडा, नेकपाएमालेका अमर बहादुर रायमाझी, जनता समाजवादीपार्टीबाटसिद्धान्त राईसहित १२ जनाचुनावी मैदानमा रहेका छन् ।

चुनावी मैदानमामाथिकातीनै जनाको चर्चा रहेपनिएमाले भित्रकै असन्तुष्टि र सत्तागठबन्धनकातर्फबाटउम्मेदवार भएकाजगनाथखतिवडाचुनावीबाजीमार्ने दाउमा देखिन्छन् ।

चुनावी मैदानमाखतिवडालाई नेपालीकाँग्रेस, नेकपा (माओवादी केन्द्र) साथ रहनुको साथै अदृश्य रुपमाएमालेका कार्यकर्ताहरुले पनिसहयोग गरिरहेका छन् ।

यस्तो छ, खतिवडाको राजनीतिकयात्रा उदयपुरगढीमै प्राथमिकतहअध्ययन गरेका खतिवडाले प्रविणताप्रमाणपत्रतह राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसबाट गरेका छन ।

राजविराजमाअध्ययनकाक्रममा २०३५ सालको जनमत संग्रहमाविद्यार्थी आन्दोलनबाटउनले राजनीति शुरु गरेका थिए । क्याम्पस अध्ययनकै क्रममाराजनीतिमा जोडिएकाखतिवडा २०३६ सालमाउदयपुरको तत्कालिनतावाश्री गाविसको थाक्लेमाशिक्षण पेशामाआवद्धभएकाथिए ।

शिक्षण पेशामै आवद्धहुँदातत्कालिनमाले पार्टीको शिक्षक संगठनको जिल्लाकार्यसमिति सदस्यहुँदै खतिवडाको राजनीतिअगाडीवढ्यो ।
माले एमालेहुँदै खतिवडाले प्रारम्भिक सेल कमिटीदेखि अखिलको महासचिव साथै एमालेको पोलिटब्युरो सदस्य सम्मको जिम्मेवारी सम्हालेका छन् । एमालेबाटविद्रोह गरेपछीमाधवकुमार नेपाल नेतृत्वको समाजवादीमाहालखतिवडाउपमहासचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनको वाककलाकाप्रशंसा अन्यपार्टीले समेत गर्थे । उनको भाषण सुन्न गाउँगाउँबाटमानिस भेलाहुन्थे । ‘जगन्नाथको भाषण सुन्न भनेपछी घरको कामछोडेर कार्यक्रममाजान्थ्यौं ।’ कटारी नगरपालिका ३ च्याँगाका ८० वर्षिय रामबहादुर माझीभन्छन् । ‘खतिवडाको भाषण सुनेपछी जो कोहीपनिविश्वास गर्थे ।’

एमालेमाहुँदाउदयपुरको क्षेत्र नम्बर २ मै २०५६ सालमाखतिवडानिर्वाचितभएकाथिए । तर उनले संसदियप्रणालीको अभ्यास बुझ्न नपाउँदै संसद भङ्गभयो । उनले दुई वर्ष पनि सांसदको भूमिकामाआफ्नो क्षमता देखाउने अवसर पाएनन् ।

‘२०५६ असारमानिर्वाचितभएँ २०५८ मा राजाले कु गरेपछी देश झनै द्वन्दमाफस्यो । त्यसपछि २०६२÷६३ को जनआन्दोलनमाखतिवडाको महत्वपूर्ण भूमिका रह्यो ।

२०७० मापुनः दोस्रो पटक संविधान सभाको निर्वाचनमाएमालेबाटउम्मेद्वार पाए तर काँग्रेसका नारायणबहादुर कार्कीसँग पराजितभए । उनै नेपालीकाँग्रेसका केन्द्रीय सदस्य कार्कीसमेत गठबन्धनबाट अहिले खतिवडालाई भोट मागिरहेका छन् ।

२०७४ सालको चुनावमाबामगठबन्धनबाट नेकपामाओवादीका नेता सुरेश कुमार राई (हिमाल) लाई सहयोग गरेर विजयी गराएकाथिएभने अहिले सुरेश कुमार राई (हिमाल) ले जगनाथखतिवडालाई सहयोग गरिरहेका छन् ।

राजनीतिक संस्कारका हिसाबले खतिवडाअन्यउम्मेदवारका तुलनामानिकै गतिला देखिन्छन् । खतिवडाले राजनीतिक मैं सारा जीवन समर्पण गरेका छन् । अन्य केहीप्रतिस्पर्धी भने मुनाफा गर्ने ठेकेदार व्यवसायमा रमाइका देखिन्छन् । राजनीतिकजिम्मेवारीको हिसाबले पनिखतिवडाएकीकृत समाजवादीको उपमहासचिव जस्तो महत्वपूर्ण जिम्मेवारीवहन गरेको अवस्थामा छ ।

एमाले भित्र नै असन्तुष्टिका स्वर

सत्तागठबन्धनदलको कुल मत जोड्दा अमर बहादुर रायमाझीको लागिनिकै प्रतिकूल छ । त्यसमाथि, उनको उम्मेदवारीलाई लिएर कटारी, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामाएमालेभित्रअसन्तुष्टिपनि छ ।

पार्टीभित्रकापुराना, चुनावजित्न सक्ने कर्मठ नेताहरूलाई पन्छाएर ठेकेदार उम्मेदवार थोपरिएको भन्दै एमालेका कार्यकर्ताहरुले असन्तुष्टिव्यक्तगरिरहेका छन् ।

केपीओलीले पटकपटक संसद विघठनगर्दा रायमाझीमाधवकुमार खेमामा रहेका थिए । रायमाझीले रौतामाई र उदयपुरगढीगाउँपालिकामामोर्चा नै बनाएर केपीओलीविरुद्धमालागेको केपीओलीपक्षधरहरुले अहिले पनिविर्सेका छैनन् ।

यस्ता एमाले कार्यकर्ताहरु अहिले निष्क्रिय बनेर चुनावीप्रचारमाखुलेका देखिदैंंनन् । असन्तुष्ट समूहलाई विश्वासमालिंदै एमालेको भोट जोगाउन र गठबन्धनभित्रहुनसक्ने बेइमानी र अन्तर्घातमा खेल्न सके रायमाझीले उदयपुर २ मागठबन्धनकाउम्मेदवारलाई टक्कर दिन सक्ने देखिन्छ।

तर अहिलेसम्म त्यस्तो अवस्थादेखिदैंन । एमाले भित्रको टिकट मै फेरबदलले असन्तुष्टिकोे स्वरले कार्यकर्तामावितृष्णा पैदा हुँदाचुनावीमाहोल रायमाझीको पक्षमा देखिएको छैन् । एमालेमापहिले निर्वतमान मेयर ज्ञानेन्द्र श्रेष्ठलाई प्रतिनिधि सभाको टिकटदिएको घोषणा गरे पनिमनोनयनको दिनउनको टिकटखोसियो ।

यतायुवा नेताको रुपमा परिचयबनाएका शैलेश लामाले पनिआफ्नो नामको टिकटविक्री गरेको भन्दै युवाहरु नै उनीप्रतिअसन्तुष्टि देखाएकाछन ।

उनले फेसबुकमै लामो स्टाटस लेख्दै ‘मैले विद्यार्थी जीबनबाट राजनिति शुरु गरे,टाइमर जस्तै भएर ।मेरो विद्यार्थी राजनितिकजिवनलाईकहिल्यै पैसाले सौदाबाजी गर्न सकेन।मोलमोलाईथुप्रैले गर्न आए राजनितिक शैक्षिकमुद्दाहरुको,तरपनि एक थोपादागलाग्नदिइन मेरो उपस्थिति रहेको ठाउँमायदिविश्वास नलागेमाक्रस भेरिफाइगरिदिनु होला ।’लामाअहिले चुनावीअभियानमाखुलेर लागेको देखिएको छैन् ।

यसरी नैं यही क्षेत्रबाटसांसद भईसकेका विष्णुबहादुर राउतपनिचुनावीअभियानमा देखिएको छैनन् । उनले पार्टी महाधिवेशनमा लेखाआयोगको अध्यक्षको दावी गरेपनिउनलाई लेखाआयोग सदस्यबनाएनन् ।

उनले फेसबुकमा स्टाटस् लेख्दै ‘म पार्टीमालागेको ४७बर्ष भएछ, आफ्नो जानकारीको क्षेत्र नहुंदा नहुंदै पनि लेखाआयोगमा २५ बर्ष बिताएँ ।कार्यकर्ता र जनताको बीचमाकाम गर्ने अवसर पाँंउभन्दानदिएपछि“तेरो काम छैन”भनेको हो भन्ने बुंझे।

उनलाई केपीओलीले नै पार्टीमाआवतिम्रो काम छैन आराम गर भनेको स्वरहरु एमाले वृतमाचर्चा परिचर्चा रहेको छ । उनले अहिले निर्वाचन क्षेत्र नं. १ का एमालेका उम्मेदबार मन्जुकुमारी चौधरीलाई पनिभोट माग्ननआएको गुनासो एमाले वृतमाचर्चा चलिरहेको छ ।

निर्वाचन क्षेत्र नं. २ माएमालेका केहि नेतातथाकार्यकर्ताहरु खुलेरै स्वतन्त्रउम्मेदबार रामकुमार राईको चुनावचिन्ह माछाछापमा मत माग्दारायमाझीलाई आफ्नै कार्यकर्तालाई फकाउन समय खर्चिनु परेको छ ।

कटारीकाएमालेका मतदाता स्थानीयउम्मेदबार नपाएपछिउनीहरु खुलेरै स्वतन्त्रकाउम्मेदबार रामकुमार राईको पक्षमा मत मागिरहेको छ । उनीहरुले माछा र पाछाभन्ने नारा दिएर एमालेका प्रदेश सभाका सदस्य देवराज राई र रामकुमार राईको पक्षमाजनमतजुटाउने अभियानमा देखिएकाछन ।

त्यसो त रायमाझी सामु उदयपुर सिमेन्टउद्योग र त्रिभुवनअन्तराष्ट्रियविमान स्थलमाकम्पनीमार्फत ज्यालादारी कर्मचारीको तलबमाती संस्थाले तोकेको तलबमाआधाखाई दिएपछि रौतामाई र उदयपुरगढीबाटकाममागएकाएमालेकै कार्यकर्ताहरु रुष्टभएकाछन् ।

उनीहरुले रायमाझीलाई मत दिने पक्षमा देखिदैन ।भने गाउँलेहरुलाई पनि रायमाझीलाई मत नदिनआग्रहगरिरहेका छन्। अर्कोतर्फ मुर्कुचीभुट्टार सडकमाकामै नगरि साढे दुई करोड रकमझ्वाम्मपारेको स्थानीयहरुले आरोप छ ।

सडकको स्तरउन्नति नै नगरेकोले आफुहरु वर्षातमाकष्टकर यात्रा गर्नु परेकोको पुवारे, भुट्टार, नामेटार लगायतको स्थानीयहरुको आरोप रहेको छ । उक्त सडकको विषयमाअहिले अख्तियारमाउजुरी परेर छानविन शुरु गरिरहेको छ ।

उदयपुर निर्वाचन नं. २ प्रदेश सभा सदस्यको टिकटमापनि पुराना नेतालाई पन्छाएर नामै नसुनेका राजनीतिमालागेका कनिष्टलाई टिकटदिएको आरोप एमाले भित्रकाअसन्तुष्टपक्षहरुले गरिरहेका छन् ।

असन्तुष्टहरु खुलेर चुनावीअभियानमा देखिदैनन्।अर्को तर्फ स्थानीयतहको निर्वाचनमालिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा राजकुमार राई र प्रदेश सभा सदस्यको टिकटमा देवराज राईले पाएपछि उदयपुरगढी र रौतामाई गाउँपालिकाका नेताहरु रुष्ट भए ।

त्यो भन्दाबढी लिम्चुङबुङका पुराना र जितहासिल गर्ने नेताहरु रुष्टछन् । स्थानीय तह र प्रदेश सभामाएकै परिवारका सदस्यलाई टिकटदिएको चर्चाले लिम्चुङबुङ गाउँपालिकाका नेताहरु रुष्टछन् ।

जगनाथखतिवडालाई सतागठबन्धनको भर

स्थानीयतहको निर्वाचनमाउदयपुर निर्वाचन क्षेत्र नं. २ का पाँचवटै पालिकाप्रमुखगठबन्धनले जितेको छ भने कटारी नगरपालिकाकाउपप्रमुखबाहेक चार वटामागठबन्धनले जितेको छ । उदयपुर क्षेत्र नं. २ मा ४० वडाहरुमध्ये एमालेले १५ वडामात्रै जितेका छन् भने बाँकीमागठबन्धनदलकावडाध्यक्षहरु जितेका छन् । गठबन्धनमाआवद्धदलकावडाध्यक्षहरु भोट सुरक्षित गर्न र गठबन्धनलाई जिताउनदिलो ज्यानदिएर लागेको छ ।

सत्तागठबन्धनको केन्द्रीयचुनावीतालमेल अनुसार निर्वाचन क्षेत्र नं. १ माप्रतिनिधि सभाको उम्मेदबारमाकाँगे्रसका डा. नारायणखडकाचुनावी मैदानमा नेकपामाओवादी र नेकपाएकीकृत समाजवादीले सहयोग गरेर चुनावी मैदानमाछन् ।

उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश नं. १ (क) मा नेकपामाओवादी केन्द्रबाट राजन किराती (बाँसु) र प्रदेश नं. १ (ख) माकाँग्रेसबाटहिमालकार्की चुनावी मैदानमाछन ।

यतानिर्वाचन क्षेत्र नं. २ उदयपुरमा सत्तागठबन्धनकातर्फबाट नेकपाएकीकृत समाजावदीकाउपमहासचिवजगनाथखतिवडाचुनावी मैदानमाछनभने उनलाई काँग्रेस र माओवादीले साथदिएर चुनावीअभियानमा रहेका छन् ।

 

उदयपुर निर्वाचन क्षेत्र नं. २(क) मा नेकपामाओवादी केन्द्रका नारायणबुर्जा मगर र निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपालीकाँग्रेसका रामकुमार खत्रीचुनावी मैदानमाछन् ।

तीनै दल एक अर्कालाई चुनावीअभियानमा सहयोग गरिरहेका छन् । सत्तागठबन्धनमाप्रत्यक्षतर्फको उम्मेदबारमाजुनजुनठाउँ छ त्यहीदलकाउम्मेदबारलाई भोट दिनआग्रहगरिरहेका छनभने समानुपातिकतर्फ आ–आफ्नो दललाई मत मागिरहेका छन् ।

जगनाथखतिवडा पुराना नेताको रुपमा परिचयबनाएकोले एमालेकै नेताकार्यकर्ताले साथदिने पक्षमा देखिएको छ भने उनको व्यक्तिगतप्रभावपनि राम्रै रहेको देखिन्छ ।

यस्तो छ, चुनावीअंकगणित
एक नगरपालिका र चार गाउँपालिका रहेको उदयपुर निर्वाचनक्षेत्र नं. २ मागत बैशाखको स्थानीयतहकोचुनावमाप्रमुख र उपप्रमुखले पाएको पार्टीगतमतमागठबन्धनअगाडि छ ।

नेपालीकाँग्रेसले एक पालिकाप्रमुख र तीनउपप्रमुख, नेकपामाओवादी केन्द्रले तीनपालिकाप्रमुख र नेकपाएकीकृत समाजवादी एक पालिकाप्रमुखजितेका छनभने नेकपाएमालेले कटारी नगरपालिकामाउपप्रमुखजितेका छन् ।

गत स्थानीयतहको निर्वाचनमा सतागठबन्धनको पालिकाप्रमुखहरुले पाएको मत १९ हजार ५०२ रहेको छ भने नेकपाएमालेले १६ हजार ५१३ मत पाएकाछन् । यस्तै गठबन्धनकापालिकाउपप्रमुखहरुले २० हजार ४१० मत र एमालेका उपप्रमुखहरुले १५ हजार ७४८ मत प्राप्त गरेको देखिन्छ ।

उदयपुर निर्वाचन क्षेत्र नं. २ मा सवैभन्दाबढीमतभार भएको कटारी नगरपालिका मेयरका स्वतन्त्रउम्मेदबार कृष्ण प्रसाद बराल (केपी बराल) ५ हजार ९२२ मत र बालकृष्णथापा २ हजार १५४ मत प्राप्त गरेका थिए । केपी बराल र बालकृष्णथापागठबन्धनकाउम्मेदबारलाई सहयोग गरिरहेका छन ।

यस्तै स्थानीयतहको निर्वाचनमाताप्लीगाउँपालिकाप्रमुखमा स्वतन्त्रउम्मेदबार दिएकामहादेव रास्कोटीअहिले गठबन्धनलाई सहयोग गरिरहेको छ । उनले एक हजार २० मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमाजम्मा ९३ हजार ४ सय २१ मतदाताछन् । सवैभन्दाबढीकटारी नगरपालिका र दोस्रोमाउदयपुरगढीगाउँपालिका रहेका छन् । वरिष्ठ पत्रकार कौशल चेम्जोङको रिपोर्टको आधारमा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *