एकातिर कोरोनको त्रास, अर्कोतिर फौजी किराले मकै सत्यानाश

बेल्टार/वैशाख २९। विश्वभर फैलिएको कोरोना महामरीको बेलामा यतिखेरै चौदण्डीगढीका किसानहरु भने फौजी किराको प्रकोपबाट हैरान भएका छन् ।

लामो समयसम्मको खरेडी पश्चात पानी परेपछि समय भन्दा ढिलो छरिएको मकै विरुवामा फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तत बनेका हुन् । गत वर्ष किरा मार्ने विषादी पाए पनि खासै प्रभावकारी नभएको किसानहरुको गुनासो छ ।

नगर कृषि शाखा कार्यालयका प्रमुख ईन्द्रनारायण साहका अनुसार किराको प्रकोप मुलुकभरी नै रहेको बताउाँछन् । किरा रोकथाम तथा नियन्त्रणको लागि तत्काल (इमामेक्टिन) नामक विषादी प्रति व्यक्ति १० ग्रामसम्म वितरण भइरहेको बताए ।

उनले भने, ‘१० ग्रामको प्याकेटलाई २५ लिटर थोरै सावुन पानीमा मिसाएर छिट्दा प्रभावकारी हुन्छ ।’ तर किसानहरु भन्छन, ‘नगरपालिकाको कृषिले दिएको विषादीले कामै गदैन ।’

खडेरी पछिको बल्लतल्लको किसानको मेहनत खेर जाने भएपछि कोरोनाबाट बचेपनि के खाएर बाच्नु ? उनीहरु प्रति प्रश्न गर्छन् ।

सिंचाई हुने ठाउँमा मकैको धानचमर आइसक्यो तर सिंचाई नहुने आकासे पानीको भरमा रहेका अधिकांश किसानेहरुको बारीमा अहिले भर्खर ४/५ पाते मकै विरुवामा गोडमेल गर्दैछन् ।

तर पनि मकैमा लागेको किरा देखेर २ नं. वडाका किसान अम्किुमार राई मकैको विउ नै मासिने भयो भन्दै चिन्ता व्यक्त गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *