उस्माको तरकारी व्यवसायी बाढीकाे जोखिमा

बेल्टार/साउन ७। लाखौ रुपैया खर्चेर तरकारी उत्पादन व्यवसायिमा लागेकी उस्मा राईको कृषि फर्म यतिबेला बाढीको जोखिममा परेको छ ।

गत साेमबार र मंगलबार परेकाे पानीका कारणा  त्रियुगा नदीमा आएकाे बाढीले झनै जाेखिममा पारेकाे हाे । बाढीले कटान गर्न थालेपछि अहिले सो व्यवसायि नै उच्च जाेखिममा परेको हो ।

त्रियुगा नगरपालिका–१ फुलजोर स्थित करिव ५ विघा जग्गामा १ वर्षपहिले (परदेशी एग्रो कृषि फर्म) सञ्चालन गर्दै आएकी छन् ।

कृषक राईलाई त्रियुगा नदीसँगै फर्मको उत्तरार्धमा रहेको फुलजोर खहरेखोलामा आउने भेललेसमेत सताउँँने गरेको छ ।

महिलाले शुरु गरेको कृषि व्यवसाय त्यै माथि बाढीपहिरोले उत्तिकै दुःख दिइरहदा ठूलो चिन्तामा परेको बताइन् ।

वर्षेनी यसैगरी नदी खोलाले कटान गर्दै आएको फर्मलाई यो वर्षको बाढीले पनि कटान गर्न थालेपछि निरास भएकी छन् ।

यसपटकको बाढीले कटान गर्दा फर्ममा लाखौँको क्षती पुगेको उनी बताउँछिन् ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत बेल्टार–गाईघाट सडक खण्डको छेवैमा पर्ने कृषि फर्ममा बरुवा खोलाले पनि त्यतिकै जोखिमता बढाएको उनको भनाई छ ।

यसपालीको कटानले करिब अढाई बिघा जमिन र अन्य संरचनाहरुमा क्षती पुराएको उनले बताईन् ।

१४ लाख बराबरको संरचना र भौतिक वस्तुहरु वाढीले बगाएको कृषक राई बताउँछिन् । बाढीले घेराबेरा गर्न ल्याइएको बालुवा, ढुँगा र निर्माण गरिएको डिपिसी, कुखुराको चल्ला र अन्य भौतिक संरचनाहरुमासमेत क्षति पु¥याएको उनी बताउँछन् ।

मानवीय क्षति नभएपनि बाँकी रहेको संरचनाहरुलाई जोगाउनको निम्ति तटबन्ध निर्माण गर्न आवश्यक परेको उनी बताउँछन् ।

सो तटबन्धको लागि पहलकदमी गरिदिन सरोकारवाला तथा स्थानीय र प्रदेश सरकारसँग उनले आग्रह गरेकी छन् ।
महिलाले गरेको व्यवासायि यस्तो अवस्थामा रहेको बेलामा पनि स्थानीय सरकारको चासो या नजर नपुग्नु दुःख लाग्दो भएको बताईन् ।

कृषिलाई सम्मान र प्रोत्साहन गर्ने हो भने प्रकृति विपद्को बेला सम्बन्धित निकायहरुले संरक्षणका लागि आवश्यक सहयोग गर्न राज्यको दायित्व हो ।

तत्कालै यहाँको जोखिमलाई रोकथाम गर्न सके ढुक्कसँगले फर्म सञ्चालन गर्न पाए अन्य गरिव दुःखीलाई पनि रोजगार दिन सकिने उनको सोच रहेको छ ।

वास्तवमा एउटी नारीले हिम्मतकासाथ शुरु गरेकी यो उदाहरणीय कार्यलाई संरक्षण गर्न हामी सबैको दायित्व पनि हो ।

व्यवसायि महिलाको व्यवासाय जोगाउन सर्वप्रथम स्थानीय सरकारको कर्तव्य हो, यस तर्फ ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *