उम्मेदवार किरातीद्वारा मतदान

बेल्टार/मंसिर ४। उदयपुर क्षेत्र नं. १ (१) का उम्मेदवार राजन किराती ‘वासु’ले चौदण्डीगढी–७ स्थित श्रीपञ्चमी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

विहान सातै बजे मतदान केन्द्रमा पुगेका उम्मेदवार किराती लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुन् ।
मतदानपश्चात उम्मेदवार किराती अन्य मतदान केन्द्रको अनुगमनमा निस्केका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदान गर्न गृह जिल्ला आइपुगेका डा खड्का उदयपुर निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *