उदयपुर-१ मा गठबन्धनको अग्रता कायमै

ल्लगाईघाट/ मंसिर ८। उदयपुर निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक- वाम गठबन्धनका उम्मेदवारहरुकोअग्रता कायमैब्रहेको छ ।

प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसका डा. नारायण खड्का प्रदेशसभा सदस्यमा (क र ख) मा राजन किराती र हिमाल कार्कीले अग्रता कायम गरेका हुन ।

गणना भएको मत ३४ हजार १ सय १  मध्ये यो समाचार तयार पार्दासम्म डा. खड्काले १४ हजार २ सय उनन्चास प्राप्त गरेर्का छन भने उनका प्रतिद्वन्द्वी एमालेकी मन्जु चौधरीले १२ हजार ८ सय २२ मत प्राप्त गरेका छन ।

प्राप्त मत मध्य १४ सय २७ मतले डा. खड्का अग्र स्थानमा रहेका छन ।

त्यसैगरी प्रदेशसभा (क) मा माओवादी केन्द्रका  उम्मेदवार राजन किरातिले ११ हजार ५ सय २३ र एमालेका कुशलबाबु बस्नेतले १० हजार ६ सय ९० मत प्राप्त गरेका छन भने  ८ सय ३३ मतले किरातीको अग्रता रहेको छ । त्यस्तै प्रदेशसभा ख मा काङ्ग्रेसका हिमाल कार्कीले १४ हजार २ सय ४१ मतले अग्रता कायम गरेको छ ।

उनका प्रतिस्पर्धी एमालेका ईश्वरमणी राउतले १२ हजार ८ सय ३२ मतलेब्पछ्याई रहेका छन ।

निर्वाचन क्षेत्र २ प्रतिनिधिसभामा एमालेका अमरबहादुर रायमाझी निर्वाचित भएका छन ।

प्रदेशसभामा (क) बाट्बकाङ्ग्रेसका रामबहादुर खत्री र ?( ख) बाट मावोवादी केन्द्रका नारायण बुर्जा मगर विजयी भइसकेका छन । भोलिसम्ममा प्रत्यक्षतर्फको मत परिणाम आउन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *