उदयपुर–१ः सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

बेल्टार/कार्तिक ३०। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उदयपुर क्षेत्र नं १ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र एमालेका मञ्जु चौधरी उम्मेदवार छन् । यस्तै यस क्षेत्रमा प्रतिनिधिसभातर्पm जनता समाजवादीका गोपाल राईको बाहेक अन्य कुनै दलले उम्मेदवार दिएका छैनन् ।

तर प्रदेशसभा सदस्यमा भने लोकतान्त्रिक–वाम गडबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट राजन किराती ‘वासु’ र एमालेबाट कुशलवावु बस्नेत नै मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

त्यसो त जनता समाजवादी पार्टीका गणेश राईसहित अन्य राप्रपा, मंगोल नेशनल ओर्गनाइजेसन, नेपाल संघीय समाजवादी र केही स्वतन्त्रसहित ११ वटा दलको पनि उम्मेदवारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *