उदयपुरमा माओवादी केन्द्रकाे जिम्मेवारी हेरफेर

बेल्टार/भदौ ३०। सत्तासाझेदारी दल नेकपा माओवादी (केन्द्र) उदयपुरको ८ स्थानीय तहमा जिम्मेवारी तोकिएको छ ।

गत २१ गते पार्टीको प्रदेश कार्य समितिले निर्णय गरे अनुसार जिल्ला तथा स्थानीय तहको जिम्मेवारी तोकिएको हो ।

भदौ २९ मा प्रकाशित सूचना अनुसार यदु ढकाल र जीवन कार्कीलाई क्षत्र नं. १ र २ को संयोजक तोकिएको छ । निर्वाचन क्षत्र १ को क मा रमण भट्टराई र निर्वाचन क्षत्र ख को लागि सम्झना तामाङलाई संयोजक तोकिएको छ ।

त्यस्तै पार्टीको बेलका नगरपालिकाको इञ्चार्जमा राकेश किराती, सह–इञ्चार्जमा बुइवश्वरी राई, अध्यक्षमा मनोज तामाङ र सचिवमा भरत घिमिरे छन् ।

चौदण्डीगढीमा इञ्चार्ज सन्तोष सुवेदी, सह–इञ्चार्जमा कुमार खड्का र देवनारायण चौधरी, अध्यक्षमा गोविन्द श्रेष्ठ र सचिवमा रमेश विक रहेका छन् ।

त्यसैगरी त्रियुगामा विमल किराती इञ्चार्ज, सह–इञ्चार्जमा केदार दनुवार, किरण राई, रुद्र अधिकारी र गंगा खड्का अध्यक्षमा नरबहादुर कार्की सचिवमा गीता खड्का (कार्की) रहेका छन् ।

कटारी नगरपालिकामा हेम दाहाल इञ्चार्ज, सह–इञ्चार्जमा भगवती खनाल र किसुनलाल दनुवार, अध्यक्षमा मनिराम दाहाल सचिवमा बासु कटवाललाई जिम्मेवारी तोकिएको छ ।

ताप्लि, लिमचुङबुङ उदयपुरगढी, र रौतामाइ गाउँपालिकामा क्रमश, ढुंगाराज विक, कृष्ण निरौला, निर्मला मगर, एवीराज राई, सह–इञ्चार्जमा ताप्लिमा प्रेम राई, त्रियुगामा दिपेन्द्र दनुवार, धिरेन्द्र मगर र समिक्षा मगर छन् ।

गुरुप्रशाद पोखरेल, होम किराती,देव गिरी र इश्वर राना छन् भने सचिवहरुमा ताप्लिमाबाहेक झलक विक,भुवन केप्छाकी मगर र भरत दाहाललाई जिम्मेवारी तोकिएको पार्टीका प्रदेश अध्यक्ष शुरेसकुमार राइद्वारा हस्ताक्षर पत्रमा उल्लेख  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *