आफ्नो जन्म दिनमा सामाजिक कार्य

दिपेन्द्र वान्तावा,
हडिया/माघ ३। स्वाभावैले मानव जाति एक चेतनशिल प्राणी भएकोले  साेचहरूपनि फरक शैलीकाे हुन सक्छ ।

तर, चेतना पनि व्यक्तिमा भर पर्छ र व्यक्ती विशेषको हुन्छ । कोही ढनाढ्य भएर पनि अझै कसरी कमाउ भन्ने धावन्नमा हुन्छन् भने कोही सामान्य परिवारकै भएपनि सकैको लागि केही गरौं भन्ने भावको मनोकांछा हुन्छ ।

त्यसो त मानिसको मन, इच्छा, चाहाना सबै एकरुपता हुन सक्दैन । आजभोली नेपाली नागरिकले पनि आफ्नो जन्मोत्सवलाई विशेष तरिकाले मनाउँन थालिएको छ ।

यस्तै आफ्नो जन्मोत्सव मनाउँने दिनमा एक समाजसेवी युवाले आफ्नो जन्म दिनको अवसरमा आफ्नै गाउँ तथा छरछिमेकमा सामाजिक कार्यको थालनी गरेका छन् ।

चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियाका स्थानीय युवा समाजसेवी पर्वत दाहालले आफ्नो जन्मोत्सवको दिन उदाहरणीय काम गरेका हुन् ।

उनको मंगलबार परेको जन्म दिनमा स्थानीय खेलाडीहरुलाई १६ थान जर्सी र २ थान फुटबल उपहार दिएका छन् ।

त्यस्तै छिमेकी नगरपालिका बेलकामा रहेको जनता क्याम्पसमा निर्माणाधीन एक मन्दिरलाई ५ हजार ५ सय रुपैया नगद सहयोग गरेका छन्

भने त्यसैगरी त्रियुगा नगरपालिका वडा नं. ७ मा स्थापना हुँदै गरेको युथ वैंक समूहलाई पनि ५ हजार ५ सय रुपैया नगद सहयोग गरेका छन् ।

समाजसेवी युवा दाहालले गरेको सहयोगको बारेमा उनका छिमेकी चन्द्रलाल गिरीले भने,‘हुन सक्छ यो सहयोग सानो होला तर, यसरी सहयोग गर्न पनि इच्छा हुनु पर्छ, यो सहयोगको लागि धन्यवाद दिन चाहन्छु ।’

समाजसेवी दाहाल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला उप सभापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *