‘आफ्नै टोल, आपैm सफा गरौं’

गढीखबर,
बेलका/असोज १०। बेलका नगरपालिका वडा नंं. २ बेल्हा टोलमा शनिवार सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

स्थानीय सृर्जनशिल टोल विकास संस्थाको आयोजनामा सरसफाई गरिएको हो ।

सरसफाईको लागि स्थानीयवासी स्वस्फुर्त सहभागी रहेको युवा समाजसेवी तथा सार्वजानिक युवा क्लवका सह सचिव कृष्णमान चौधरीले जानकारी दिए ।

आज (शनिबार)बाट थालिएको सरसफाई कार्यक्रमलाई अबदेखि प्रत्येक शनिवार यसैगरी नितरन्तर दिईने पनि सह सचिव चौधरीले जानकारी दिए ।

आफ्नो घरवरीपरी तथा छरछिमेकमा सरसफाई हुनु भनेको सबैको स्वास्थ्यलाई पनि राम्रो हो र अर्को कुरा वर्षामासको समयमा सडकबाटोमा झाडीका कारण सर्पदंशको प्रकोप लगायत विभिन्न प्रकोपहरुबाट बच्न पनि सरसफाई हुनु जरी छ र गाउँठाउँमा नजिकिन्दै गरेको चाडपर्वहरुलाई ध्यानमा राखेर सरसफाई अभियान थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *