आज ९ जनाले कोरोना जिते

बेल्टार/साउन ८। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित उदयपुर कोभिड अस्पताल (आइसोलेसन सेन्टर) बाट आज (शुक्रबार) ९ जनाले कोरोना जित्न सफल भएका छन् ।

आज निको हुनेमा ५ महिला र ४ पुरुषगरी ९ जनाले कोरोना जितेका हुन् । यसरी निको भएर घर फर्किनेहरुलाई नगर प्रमुख खगेन्द्र राई र नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले विदाई गरेका छन् ।

योसँगै यस अस्पतालबाट निको हुनेको संख्या ३ सय ३२ जना र होम आइसोलेसनबाट निको हुनेको संख्या २ सय ६३ जना रहेको स्वास्थ्य शााखाले जनाएको छ ।

त्यस्तै आजै ७ महिला र २८ पुरुषगरी ३५ जनमा गरिएको एन्टिजेन्ट परिक्षणबाट २ महिला र ७ पुरुषगरी ९ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले सो अस्पतालमा १७ महिला र १६ पुरुषगरी ३३ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *