आज १८ जनाले कोरोना जितेर घर गए

बेल्टार/साउन ६। कोरोना संक्रमति भइ कोभिड अस्पताल चौदण्डीगढीको सातधारेबाट  १८ जनाले कोरोना जितेर घर गएका छन् ।

बुधबार डिस्चार्ज हुनेमा १२ महिला र ६ पुरुष रहेको चौदण्डीगढी नगर स्वास्थ्य शाखाले जनाएको हो ।

निको भएर घरजानेहरुलाई नगर प्रमुख खगेन्द्र राईले विदाई गरेका छन् । त्यसैगरी होम आईसोलेसनबाट तीनतीन पुरुष महिलागरी ६ जनालेपनि कोरोना जितेको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै आजै २४ महिला र २० जना पुरुषगरी ४४ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमध्ये ९ जना महिला र ६ जना पुरुषगरी जम्मा १५ जनामा नयाँ संक्रमित थपिएको शाखाले जनाएको छ ।

अहिलेसम्म सो अस्पतालबाट निको हुनेको संख्या ३ सय २३ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *