आजबाट सेमी फाईनल, टिकट मूल्य रु २०

बेल्टार/फागुन १९। चौदण्डीगढीको शहीद रामप्रशाद राई रंगशालामा शनिबारदेखि जारी तेस्रो बेल्टार मिनी गोल्ड कप आजबाट सेमी फाईनल खेलहरु शुरु हुने छ भने आजैबाट दर्शकको लागि टिकटको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आजको सेमीफाईनल खेल हेर्नको लागि दर्शकले २० रुपैया शुल्क तिरेरमात्र खेलमैदान प्रवेश गर्न सकिने आयोजक सचिव पिटर राईले जानकारी दिए ।

उनका अनुसार आजको शुल्कबाट संकलित रकम स्थानीय वडा नं. ७ का वोनम्यारो रोगबाट पीडित भइ उपचाररत रहेका ४३ वर्षीय लेखकुमार राईलाई हस्तान्तरण गरिने बताए ।

३ः०० बजेदेखि शुरु हुने आजको खेलमा सुनसरीको ईन्द्रेणी फुटबल क्लव र त्रियुगाको फ्यूजन क्लवबीच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *