आजकाे खेलमा सुनसरीकाे इन्द्रेणी विजयी

बेल्टार/फागुन १७। चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित शहीद रामप्रशाद राई रंगशालामा जारी तेस्रो बेल्टार मिनी गोल्ड कपमा सुनसरीको इन्द्रेणी स्पोर्ट क्लव विजयी भएका छन् ।

सोमबार भएको खेलमा इन्द्रेणीले चौदण्डीगढीको बसाहा–११ लाई २–० ले पराजित गरेको हो । इन्द्रेणीका खेलाडी जर्सी नं. ११ का सन्दिप श्रेष्ठले खेलको दोस्रो हापको ११ औ मिनेटमा १ गोल गरी आफ्नो समूहलाई जित दिलाएका थिए ।

खेलको दोस्रो गोल जर्सी नं. १७ का खेलाडी कृष्ण थापाले २९ औ मिनेटमा गरेका थिए । श्रेष्ठ र थापाले गरेको गोल नै निर्णायक भएको प्रतियोगीताकी मुख्य निर्णायक अञ्जना राईले जानकारी दिइन् ।

सोमबारको भएको खेलको उत्कृष्ठ खेलाडी पनि इन्द्रेणीकै कृष्ण थापा घोषित भएका छन् । आजको खेल खोटाङ–११ र बेलका नगरपालिकाको खेलाडीबीच हुने कार्यक्रम सञ्चालक अञ्जनी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *