आईतबारदेखि जारी भलिबलमा ५ समूह विजयी

बेल्टार/चैत २। चौदण्डीगढी नगरपालिका वडा नं. ८ वीरेन्द्र बजार स्थित खेल मैदानमा भइरहेको भलिबल प्रतियोगितामा ५ समूह विजयी भएका छन् ।

वडाध्यक्ष स्व. श्यामकुमार मगर स्मृति कप खुल्ला भलिबल प्रतियोगितामा आईतबार भएको खेलमा खोटाङको जन्तढुंगा गाउँपालिका १

रिल्लाले चौदण्डीगढीको ४ नंं वडा कुसुमचौरीलाई, जन्तेढुंगा गापाका २ बोपुङले चौदण्डी ‘ए’लाई, बसाहाको मोतिमेमोरियल वोर्डिङ स्कूलले आयोजक ‘बी’लाई, चौदण्डी ‘बी’ले आयोजक ‘ए’लाई र उदयपुर स्पोर्टसले चौदण्डीगढी ७ बेल्टारलाई हराउन सफल भएको हो ।

त्यस्तै आईतबारकै (क्वाटर फाईनल) खेलमा जन्तढुंगा १ रिल्लाले खोटाङकै फाक्टाङलाई सोझोसेटमै पराजीत गरेका छन् । क्वाटर खेलको उत्कृष्ठ खेलाडीमा पनि रिल्लाकै जर्सी नं. ३ का खेलाडी प्रदिप केसी घोषीत भएका छन् ।

खेलाडी केसीलाई चौदण्डीगढी निर्माण समितिका अध्यक्ष डिल्ली खड्काले पुरस्कृत गरेका छन् ।

मंगलबारको खेलमा धरान, उदयपुर स्पोर्टस क्लवबीच, लिम्चुङबुङ र चौदण्डी ‘बी’बीच त्यस्तै बोपुङ र मोतिमेमोरियल बसाहाबीच हुने खेल संयोजक विवस राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *