असंवैधानिक कदम विरुद्ध कांग्रेसको बेलकामा भव्य विरोध प्रदर्शन

बेल्तार/पुस २५। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध बेलका नगरपालिकामा नेपाली कांग्रेसले वृहत्त प्रदर्शन गरेको छ ।
पार्टीले गत १९ गते गरेको केन्द्रीय बैठकको निर्णय अनुसार उदयपुर क्षत्र नं. १ ‘क’ अन्तर्गत आज (शनिबार) नाराजुलुससहित वृहत्त विरोध प्रर्दशन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध एकैसाथ शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षत्रमा एकैसाथ प्रदर्शन गरिएको छ ।

केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसले ठहर गर्दै कांगे्रसले विरोध प्रदर्शन गर्दै आएको छ ।

विभेद उदासिन्ता सर्वसत्तावाद प्रवृत्ति तथा कोरोना संक्रमणलाई नियन्त्रण र उपचार गर्न सक्षम र स्वास्थ्य सामग्री लगायत मुलुकमा मौलाएको भ्रष्टचारसंगै वेतिथि विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा बेलका नगरपालिकाको रामपुर बजारमा आयोजना भएकोले त्यहाँका स्थानीयले नगरपालिकामा भएका भ्रष्टचारहरुले स्थानीयवासी आजित भएकोले भ्रष्टार विरुद्ध भण्डाफोर गर्दै जानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा चौदण्डीगढी र बेलका नगरपालिकाको संयुक्त विरोध प्रदर्शनमा प्रतिनिधिसभा सदस्य प्रमिला राई, पूर्व संसद शान्तिदेवी चौधरी,

पार्टीकै छायाँ सरकारका प्रमुख अशोक कार्की, क्षत्रीय सभापति भोजराज खतिवडा, नगर सभापतिहरु राजेन्द्र पौडेल, शुशिल सेढाई,

चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राई, टंक आचार्य,सुमन परियार लगायतले कार्यक्रमलाई सम्वोधन गरेका थिए । त्यसैगरी आगामाी माघ ३ र ८ गते पनि विरोध कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *