अब प्रत्येक घरमा एक थर्मोमिटर

बेल्टार/जेठ ३१। एक घर एक स्वास्थ्य स्वयमसेविका उत्पादन गरेको चौदण्डीगढी नगरपलिका वडा नं. ६ ले अबदेखि प्रत्येक घरमा ज्वरो नाप्ने यन्त्र (थर्मोमिटर) समेत घरघरमा वितरण गरिएकाे छ ।

वडाध्यक्ष कमलध्वज राईले आईतबार वडामै एक कार्यक्रमबीच थर्मोमिटरसँगै ज्वरो आउँदा प्रयोग गरिने सिटामोलसमेत वितरण गरेका हुन् ।

स्वयमसेविका तालिम अन्तर्गत सिर्वानीको सहयोग र स्वास्थ्य केन्द्रको आयोजनामा कोभिड–१९ दोस्रो लहरको रोकथाम सम्बन्धी जनचेतनामुलक, अभियानकासाथ उक्त स्वास्थ्य सामग्रीहरु स्थानीयलाई वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।

सामान्य ज्वरो आउँदा पनि यस्तो महामारीको समयमा स्वास्थ्य चौकी अस्पताल जान नपरोस भन्ने मुख्य उदेश्य भएकोले पनि यो सानो अभियानको थालनी गरिएको वडाध्यक्ष राईले बताए ।

वडाको सिर्वानी, सातधारे बस्तिमा वितरण गरिसकेको र बेल्टार बजार क्षत्रमा भने मंगलबारदेखि वितरण गरिने उनले जानकारी दिए । वडाभरी कूल १३ सय घरधुरी सबैलाई सामग्री वितरण गर्ने वडाको लक्ष्य रहेको उनले बताए ।

उक्त सेवा लिन छुट भएका वडावासीले वडा कार्यालयमा सम्पर्क गर्नसमेत वडाले सूचित गरको छ ।

विगतमा सामुदायिक विद्यालयका विद्यार्थीलाई निः शुल्क कलम/कपी, झोला वितरण गरेर एकाएक चर्चामा आएका वडाध्यक्ष राईले जनमुखी कार्यहरु गर्दै आएको स्थानीयहरु बताउँछन् ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *