अप्राहामा ट्रसवृज उद्घाटन

बेल्टार/असार ४। चौदण्डीगढी नगरपालिका वडा नं. ८ सिद्धिपुर स्थित अप्राहा खोलामा ट्रसवृज (फालामे) पुलको उद्घाटन भएको छ ।

शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्काले उक्त पुलको उद्घाटन गरेका हुन् ।

गत वर्षदेखि निर्माण कार्य थालिएको पुलको ५ वटा स्पाममात्र निर्माण गरिएको थियो ।

गते आवकै स्थानीय पूर्वाधार साँझेदारी कार्यक्रम अन्तर्गतको ३० लाख रुपैयाँ त्यसैगरी चालु आवको १५ लाख रुपैयाँ, नगरपालिकाबाट १८ लाख र वडाबाट १० लाखगरी कूल ७३ लाख रुपैयमा निर्माण कार्य सम्पन्न भएको हो ।

उपभोक्तामार्पmत निर्माण गरिएको पुलको लम्वाई २५.५ र चौडाई ११ फिट रहेको छ । कोरोनाको महामारीको समयमा सामाजिक दूरी कायम गर्दै कोरोनाबाट रोकथामको लागि यो सचेतना कार्यक्रम भएको नेता खड्काले बताए ।

मुलुक र आम नागरिकको हितमा काम गर्दै आएको नेपाली कांग्रेसले अरु धेरै कामहरु गर्न बाँकी नै रहेको उनले बताए ।

नेता खड्काले भने, ‘विकासको आवश्यक्ता महसुश गर्ने नागरिक तपाईहरुको काम हो, र बजेट व्यवस्थापन गने मेरो काम हो ।

त्यसैले बजेटहरु सही सदुपयोग भइरहेकोमा मलाई खुशी लागिरहेको छ, निर्माण समितिलाई धन्यवाद दिन चाहन्छु ।’

उदयपुरको १ नं. निर्वाचन क्षमा तीन पटकसम्म विजयी हासिल गरेका नेता खड्काले जनमुखी कामहरु गर्दै आएको स्थानीयहरु बताउँछन् । सो पुलबाट स्थानीय वस्तिहरु बेसारे, टोड्के, ढाडेनीसँगै खोटाङसम्म आउजाउ गर्न सहज हुने भएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *