अपांगता भएकी छात्रालाई ह्वेलचेयर प्रदान
दिपेन्द्र वान्तावा,
चौदण्डीगढी/पुस २७ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित ज्योति माध्यामिक विद्यालयकी अपांगता भएकी एक छात्रालाई आज (सोमबार) ह्वेलचेयर प्रदान गरिएको छ ।
विद्यालयको ५५ औ जन्मोत्सवको अवसरमा कक्षा ९ मा अध्ययनरत छात्रा धनमाया मगरलाई ह्वेलचेयर प्रदान गरिएको हो ।
लायन्स क्लब अफ चौदण्डीगढीका अध्यक्ष पवन कार्कीद्वारा सो ह्वेलचेयर हस्तान्तरण गरिएको विद्यालयलका प्रधानाध्यापक राजकुमार ओझाले जानकारी दिए ।
७ नं. वडाकी छात्रालाई विद्यालय आउँजाउ गर्न असहज भएको भन्ने खबर प्राप्त भएपछि सो सामग्री क्लवले खरिद गरी छात्रालाई प्रदान गर्ने अवसर पाप्त भएको अध्यक्ष कार्कीले बताए ।
यसअघिपनि एक वद्धलाईसमेत ह्वेलचेयर प्रदान गरिएको थियो भने एक अग्निपीडितलाई जस्तापाता लगायतका सामग्री उपलब्ध गराएको थियो । भर्खरैमात्र स्थापित क्लवले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।