अग्नी पीडितकाे लागि ९९ हजार आर्थिक संकलन

बेल्टार/वैशाख २९। गत २६ गते भएको आगलागीमा आफ्नाे  ज्यान बाहेक सर्वस्व गुमाएका वीरेन्द्र बजारका ७ घर परिवारको निम्ति अहिलेसम्म ९९ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयाेग संकलन भएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नंं. ८ वीरेन्द्र बजार स्थित कला राईको घरसँगै जोडिएको ५ घर जलेर ध्वस्त भएपछि स्थानीय युवाहरूकाे संयुक्त सक्रियतामा  सो आर्थिक सहयोग जुटेको हो ।

त्यसो त अग्नी पीडितहरुको लागि स्थानीय सामाजिक संघ, संस्था र देश विदेश लगायतका शुभचिन्तकहरुबाट अन्य सहयोगहरु निरन्तर जारी रहेको स्थानीय युवा समाजसेवी तथा राहत संकलन समितिका संयोजक विवस राईले बताए ।

छिमेकीलाई विपद परेपछि स्थानीय समाजसेवी युवाहरु मिलेर विवस राईको संयोजकत्वमा राहत संकलन समिति बनाएसँगै समिति सक्रिय भएको अर्का सदस्य लोकचन्द्र राईले बताए ।

समितिमा अन्य दुई जना मित्र राई र हरी खड्कागरी ४ सदस्यीय समिति निर्माण गरिएको हो । सल्लाहाकार समितिका संयाेजकमा वीरेन्द्र खड्का र दस्यमा अम्बरबहादुर राई रहेका छन् ।

वडाध्यक्ष स्व. श्यामकुमार स्मृति प्रतिष्ठानले ७ परिवार खाना पकाउने ग्याससेटसमेत उपलब्ध गराईसकेको छ । यकातिर कोरोना कहर अर्कोतिर दिनदिनै वषार्दले कन्तविजोग बनाएको छैन एक पीडितले सुनाए ।

उक्त  आगलागीमा १ कराेड २० लाखकाे क्षति भएकाे छ । पीडितहरु स्थानीय छिमेकीहरुको घरमा आश्रय लिएर बसेको संयोजक विवस राईले जानकारी दिए । राहतसँगै अहिले स्थानीयहरू मिलेर पुनर्निर्माणमासमेत जुटेका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *