अग्नि पिडितलाई लायन्स क्लवको सहयोग

बेल्टार/पुस ७। गत २ गते आगलागिबाट घर गोठ जलेर नष्ट भएको एक परिवारलाई जस्तापाता सहयोग प्राप्त भएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ९ हडिया स्थित मुसहर्नीयाका स्थानीय हरिबहादुर बस्नेतलाई लायन्स क्लव चौदण्डीगढीले आज (मंगलबार) सहयोग गरेको होे ।

 

क्लवका अध्यक्ष पवन कार्कीद्वारा ४ वण्डिल  ३३ हजार  मूल्य बरावरको हरियो रंगको जस्तापाता घरैमा पु¥याईदिएको क्लवका सदस्य दिपेन्द्र वान्तावाले बताए ।

भर्खरै तदर्थ समिति गठन भएको क्लवले सामाजिक कार्यमा सहभागीता जनाउँन थालेको क्लवका अध्यक्ष पवन कार्कीले गढीखबरलाई बताए ।

आगलागीबाट बस्नेतको चौपाया, ५० मुरी धान, घरको सरसामान र अन्य भाडावर्तनसहित १० लाख रुपैया क्षति भएको छ । उक्त परिवारलाई नगरपालिकाले नयाँ घर निर्माणको लागि ३ लाख रुपैया दिने नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *